साउन १२, सल्यान । अविरल वर्षा भएसँगै सल्यानमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको छ । 

भाइरल ज्वरो र पखालासँगै टाउको दुख्ने, रुघाखोकी लाग्नेलगायत समस्याबाट बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बिर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, सल्यान । अविरल वर्षा भएसँगै सल्यानमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको छ । 

भाइरल ज्वरो र पखालासँगै टाउको दुख्ने, रुघाखोकी लाग्नेलगायत समस्याबाट बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बिर"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा भाइरल ज्वरो र पखालाका बिरामी बढे

२०७३, १२ श्रावण बुधबार ०२:४९

साउन १२, सल्यान । अविरल वर्षा भएसँगै सल्यानमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको छ । 

भाइरल ज्वरो र पखालासँगै टाउको दुख्ने, रुघाखोकी लाग्नेलगायत समस्याबाट बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेपछि जिल्लामा रहेका स्वास्थ्य संस्थामा भीड लाग्न थालेको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा मनिषा रावलले जानकारी दिए । 

“सामान्य अवस्थामा ३० देखि ४० जनासम्म बिरामी आउने गर्थे, अहिले दिनहुँ ८० देखि १०० जनासम्म बिरामी जाँचका लागि आउँछन्”, प्रमुख डा रावलले भने । 

बिरामीको सङ्ख्या बढेपछि जिल्ला अस्पतालमा उपचारमा समस्या भएको रावलको भनाइ छ । “अस्पतालको क्षमता १५ शय्याको मात्र छ तर बिरामी बढेकाले थप ३२ शय्या थप गरेर उपचारको व्यवस्था मिलाएका छौँ”, रावलले भने । अस्पतालमा आउने बिरामीमध्ये ४० प्रतिशत भाइरल ज्वरो र पखालाका बिरामी आउने गरेको जिल्ला अस्पताल सल्यानका डा नजिर खानले बताए । 

उनले  भने, “एउटालाई घर पठाए पनि अर्को आउने गरेकाले शय्या खाली हुन नपाउँदै अर्को थपिने हुँदा कुरुवा बस्ने ठाउँमा समेत श्यया राखेर बिरामीको उपचार गर्दै आएका छौँ ।” 

भाइरल ज्वरो र पखालाबाट धेरैले दुःख पाएपनि मानवीय क्षति भने नभएको डा खानको भनाइ छ । यसले रोगसँग लड्नसक्ने शक्ति कम गर्ने भएकाले पानी तथा झोलिलो पदार्थ बढी खानुपर्ने उनको सल्लाह छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने