साउन १२, सल्यान । अविरल वर्षा भएसँगै सल्यानमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको छ । 

भाइरल ज्वरो र पखालासँगै टाउको दुख्ने, रुघाखोकी लाग्नेलगायत समस्याबाट बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बिर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, सल्यान । अविरल वर्षा भएसँगै सल्यानमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको छ । 

भाइरल ज्वरो र पखालासँगै टाउको दुख्ने, रुघाखोकी लाग्नेलगायत समस्याबाट बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बिर"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा भाइरल ज्वरो र पखालाका बिरामी बढे

१२ श्रावण २०७३, बुधबार ०२:४९

साउन १२, सल्यान । अविरल वर्षा भएसँगै सल्यानमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको छ । 

भाइरल ज्वरो र पखालासँगै टाउको दुख्ने, रुघाखोकी लाग्नेलगायत समस्याबाट बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेपछि जिल्लामा रहेका स्वास्थ्य संस्थामा भीड लाग्न थालेको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा मनिषा रावलले जानकारी दिए । 

“सामान्य अवस्थामा ३० देखि ४० जनासम्म बिरामी आउने गर्थे, अहिले दिनहुँ ८० देखि १०० जनासम्म बिरामी जाँचका लागि आउँछन्”, प्रमुख डा रावलले भने । 

बिरामीको सङ्ख्या बढेपछि जिल्ला अस्पतालमा उपचारमा समस्या भएको रावलको भनाइ छ । “अस्पतालको क्षमता १५ शय्याको मात्र छ तर बिरामी बढेकाले थप ३२ शय्या थप गरेर उपचारको व्यवस्था मिलाएका छौँ”, रावलले भने । अस्पतालमा आउने बिरामीमध्ये ४० प्रतिशत भाइरल ज्वरो र पखालाका बिरामी आउने गरेको जिल्ला अस्पताल सल्यानका डा नजिर खानले बताए । 

उनले  भने, “एउटालाई घर पठाए पनि अर्को आउने गरेकाले शय्या खाली हुन नपाउँदै अर्को थपिने हुँदा कुरुवा बस्ने ठाउँमा समेत श्यया राखेर बिरामीको उपचार गर्दै आएका छौँ ।” 

भाइरल ज्वरो र पखालाबाट धेरैले दुःख पाएपनि मानवीय क्षति भने नभएको डा खानको भनाइ छ । यसले रोगसँग लड्नसक्ने शक्ति कम गर्ने भएकाले पानी तथा झोलिलो पदार्थ बढी खानुपर्ने उनको सल्लाह छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता