Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकाको निषेधाज्ञाबारे निर्णय हुँदै

२०७७, ९ भाद्र मंगलवार ११:३२

भदौ ९, काठमाडौँ (रासस) । उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञाको विषयमा निर्णय गर्न आज तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरुको बैठक बस्दै छ ।

बैठकले जिल्लामा एक हप्तासम्म जारी भएको निषेधाज्ञाको समीक्षाका साथै आगामी दिनमा कसरी उपत्यकाको अवस्थालाई व्यवस्थित गर्ने भन्ने विषयमा निर्णय लिने छ । समीक्षाको आधारमा  निषेधाज्ञा हटाउने वा थप्ने निर्णय हुने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । प्राप्त सूचनाअनुसार आगामी एक साता निषेधाज्ञ थपिने सम्भावना अधिक छ । विभिन्न क्षेत्रबाट अझै एक हप्ता थप्नुपर्ने सुझाव समेत आएको छ ।

यसअघि भदौ ३ गते राति १२ बजेदेखि लागू हुने गरी तीनै जिल्लाका प्रजिअसहितको बैठकले एक साताका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो । उक्त आदेश भोलि बुधबार राति १२ बजे सकिँदै छ । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि रोकिएका छन् ।

आज सोही विषयमा छलफल गर्न अपराह्न बैठक बोलाइएको र बैठकमा अहिलेसम्मको गतिविधिबारे समीक्षा हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार सोही बैठकले निषेधाज्ञबारे उपयुक्त निर्णय लिनेछ । त्यसअघि जिल्लास्थित कोभिड–१९ सङ्कट व्यबस्थापन केन्द्रमा आवश्यक छलफल गरी निर्णय लिइने छ । उक्त बैठक अहिले काठमाडौँमा जारी छ । त्यसपछि तीनै जिल्लाको संयुक्त बैठक बस्ने जनाइएको छ ।

कोभिड–१९ सङ्क्रमणको उच्च वृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै उपत्यकासहित नेपालमा झण्डै ५० जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । सङ्क्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आदेश जारी गरिएको हो । यस अबधिमा अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ ।

अत्यावश्यक सामग्रीलगायत मालबाहक ढुवानीका सवारी साधान, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक काठमाडौँ उपत्यका भित्र सवारी प्रवेशमा समेत निशेष गरिएको छ । निषेधाज्ञाको समयमा पानी र औषधीजन्य सामग्रीका व्यवसाय चौविसै घण्टा खुला गर्न पाइने र अन्य खाद्यान्न, तरकारी, फलफूल तथा दुग्धजन्य खाद्य पदार्थका व्यवसाय भने विहान ९ : १५ सम्म मात्रै सञ्चालन गर्न पाइने काठमाडौँ प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी