भदौ १०, काठमाडौं । नेपालमा गएको २४ घण्टामा ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको हो । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।
आज कोरोना भाइरस संक्रमण निको भएर ३८५ जना घर फर्किएका छन् ।
यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ७५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्लाे पटक मोरङ र भक्तपुरका एक/एक, कैलालीका दुई, महोत्तरीका तीन, बाँकेका एक, काठमाण्डौका एक र बाराका दुई जनाकाे ज्यान गएकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।