साउन १२, मोरङ | केही दिनयता लगातार परेको वर्षापछि मावाखोलामा आएको बाढीबाट मोरङको राजघाट–६ मि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, मोरङ | केही दिनयता लगातार परेको वर्षापछि मावाखोलामा आएको बाढीबाट मोरङको राजघाट–६ मि"/>
२०८२, ७ चैत्र शनिबार
मोरङ्ग - MRG

मोरङमा बाढीको प्रभाव, एक हजारभन्दा धेरै परिवार डुबानमा

२०७३, १२ श्रावण बुधबार ०३:५६

साउन १२, मोरङ | केही दिनयता लगातार परेको वर्षापछि मावाखोलामा आएको बाढीबाट मोरङको राजघाट–६ मिलटेरी चोकका ७ परिवार उच्च जोखिम परेका छन् । भने गाउँमा खोला पस्ने भयले गाउँले त्रसित भएका छन् । खोलामा पानीको बहाव बढेसँगै राजघाट-६ देखी महाराजस्थान सम्म पुग्नेबाटो जलमग्न भएको छ । 

स्थानीय सञ्चारकर्मी तेजन खड्का अनुसार मावा खोलाले धार परिवर्तन गरि गाउँतिरपस्दा चक्रबहादुर राईको डेढ बिगाहा जग्गामा लगाएको धानबाली नष्ट भएको छ । 

यस्तै,हस्तबहादुर छाराहाङ,चन्द्रबहादुर राई,मानबहादुर राईको ७ कठ्ठा बगरमा परिणत भएको छ । सोही ठाउँका भीम राईको १५ कठ्ठा जग्गा लगाइएको धानबाली कटान भएको छ भने राजेन्द्र प्रसाई र अमिरबहादुर बिकको धानबाली पनि बाढीले पुरेको छ । 

कुनै प्रकारको मानविय क्षति नभएपनि सात परिवार बाढीको उच्च जोखिममा रहेको स्थानीय राजन रायमाझीले जानकारी दिनुभएको छ । यसैगरी बक्राहा खोलाको बाढीले बाध कटान गर्दा राजघाट गाविसको वडा नम्बर ३ र ४ तथा इटहरा गाविसको १,२ र ३ नम्बर वडा उच्च जोखिममा परेका छन् । स्थानीय चेतन दहालका अनुसार स्थानीयले निर्माण गरेको बाध माझिटोलबाट बस्तितर्फ पस्दा सबै वडाहरु जलमग्न भएका छन् भने त्यहा बसोबास गर्ने सन्थालहरुको कन्तबिजोग भएको छ । बाढी पसेकोे स्थानमा राजघाट प्रहरी र स्थानीयले क्षतिबारे बुझेका थिए । 

यता मोरङको डाँसखोलाले धार परिर्वतन गरी गाँउ तर्फ पसेपछि पथरीशनिश्चरे ८ को पशुपति नगरका दुई घरलाई सुरक्षित स्थानमा सारिएको छ । लगातारको वर्षा नरोकिए पछि डाँसखोलामा आइतवार देखि नै पानीको सतह बढेको थियो । खोलाको पूर्वी किनारमा बस्दै आएका चीजमाया लिम्बू र रुद्रबहादुर राईको परिवारलाई सुरक्षित स्थानमा सारिएको इलाका प्रहरी कार्यालय पथरी प्रहरी निरिक्षक रमेश बस्नेतले बताउनु भयो । 

बाढीले गर्दा पूर्व पश्चिम राजमार्गको पथरीशनिश्चरे ८ मा रहेको उक्त पुल समेत उच्च जोखिममा परेको छ । बिहान देखि नै खोलालाई मुल धारमा फर्काउन दुई वटा स्कावेटरको प्रयोग गरिएको भएपनि पानीको सतह नघटेकोले काम गर्न समस्या भइरहेको स्थानीय मानबहादुर दियालीले बताउनु भयो ।

यसैगरी मोरङको हसन्दह र अमरदहका बिभिन्न वडामा बक्राहा खोला पस्दा ३ सय परिवारको उठिबास लागेको छ । स्थानीय युवा प्रताप तामाङका अनुसार बिस्थापितहरुलाई सुगामावि हसन्दहमा राखिएको छ । बक्राहाले अढाईसय मिटरबाँध फुटाएर बस्तीमा पस्दा अमरदहका ३ र हसन्दहका २ वटा वडा जलमग्न भएका छन् । 

अधिकांश तराईवाशीको बसोबास रहेको ति वडाहरुमा सरकारी स्तरबाट सहयोग कोहि पनि पुग्न नसकेपछि आईतवार नै स्थानीय अमरदह युवा क्लवले भुजा चिउरा र चाउचाउ वितरण गरेको छ । अहिले उनीहरु कतिवेला बक्राहा खोलाको पानी घट्छ र घर फर्कन पाइन्छ भनेर टोलाईरहेका छन् । 

उता मोरङको मधुमल्लामा शनिबार पुनः नूनसरी खोला गाँउमा सुसाउन थालेपछि स्थानीय घर फर्किन सकेका छैनन् । मधुमल्ला–५ मा पर्ने बेतीनीमा खोला उर्लिएपछि २८ घर यसअघि नै विस्थापीत भएका थिए भने शनिबार आएको बाढिले ५ वटा घरका सामग्रीहरु अन्यत्र सारिएको छ भने पुरै वस्ती जोखिममा परेको छ । 

बाढीको जोखिमका कारण नेपाल प्रहरी र नेपाल आर्मी थलाहा ब्यारेक विराटनगरको टोलीले स्थानीय सिंहबहादुर आङ्दम्बेको घरका सामग्रीहरु सारी दिएको छ । 

इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रमुख प्रहरी नायव निरीक्षक यदुकमुार खड्काले दिएको जानकारी मधुमल्लाममा गत असार ७ गते यता २८ घरपरिवार नूनसरी खोलामा आएको बाढीबाट पीडित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो