साउन १२, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ बुढाथोकी गा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १२, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ बुढाथोकी गा"/>

२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा भएको बस दुर्घटनामा घाइतेमध्ये एकको मृत्यु

२०७३, १२ श्रावण बुधबार ०४:०१


साउन १२, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ बुढाथोकी गाउँमा भएको बस दुर्घटनामा घाइते भएका एक जनाको आज बिहान मृत्यु भएको छ । 

मध्यपुर थिमिस्थित मध्यपुर अस्पतालमा उपचारकै क्रममा चाँगु नगरपालिका निवासी वर्ष ६० का पूर्णबहादुर भँडेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

रत्नपार्कबाट यात्रु बोकेर भक्तपुर हुँदै चाँगुनारायणतर्फ जाँदै गरेको बा २ ख ६८१७ नम्बरको यात्रुवाहक बस मङ्गलबार अपराह्न ५ बजे दुर्घटना भई करिब १५० मिटर तल खस्दा २३ जना घाइते भएका थिए । 

घाइतेको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि २१ जनाको अझै मध्यपुर अस्पतालमा उपचार भइरहेको र दुईजनाको बी एन्ड बी ललितपुर र शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । 

दुर्घटनामा घाइते भएकाहरु चाँगु नगरपालिकाकै चाँगुनारायण नगरपालिका क्षेत्रका वर्ष १५ का श्रीजन केसी, वर्ष १४ का साजन परियार, वर्ष १५ का रिपेश महर्जन, वर्ष ३० का लीलामणि भँडेल, वर्ष ३६ का रुक्मणि भँडेल, वर्ष २८ का भावना परियार, वर्ष ८ का बिकी तामाङ, वर्ष ११ का सुमन भँडेल, वर्ष ११ का उज्वल भँडेल, वर्ष ३७ का नानुमाया भँडेल, वर्ष २० की सविता तामाङ, वर्ष २६ का नवराज श्रेष्ठ, वर्ष ३६ का भुवनराज श्रेष्ठ, वर्ष २४ को कृतिका तामाङ रहेका छन् । 

यसैगरी घाइते काभ्रे–३ नालाका वर्ष ४० की मञ्जु बस्नेत, सर्लाही घर भई चाँगु बस्ने वर्ष ६० की विष्णुमाया श्रेष्ठ, बस चालक भक्तपुर नगरपालिका–१ च्यामासिंहका वर्ष २४ का विनोद प्रजापति, झापा–१ घर भएका सहचालक वर्ष १९ का सुरज भट्टराई, दोलखा घर भएका वर्ष १९ का राहुल भट्टराई, दोलखाकै वर्ष २५ का प्रदीप भट्टराई, काभ्रे पनौतीका वर्ष २० का प्रकाश कार्की र वर्ष १४ का राजन भँडेलको पनि उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो