साउन १२, पर्वत । पहिरोमा पुरिएर पर्वतको माझफाँट–३ स्थित पर्वत बेनीमा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । 

पर्वतको मल्लाज जाने पदमार्गको प्रवेशद्वार नजिकै रहेको धौलागिरि कपास उद्योग माथिको भीरबाट पहिरो खस्दा उद्योग नै पु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, पर्वत । पहिरोमा पुरिएर पर्वतको माझफाँट–३ स्थित पर्वत बेनीमा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । 

पर्वतको मल्लाज जाने पदमार्गको प्रवेशद्वार नजिकै रहेको धौलागिरि कपास उद्योग माथिको भीरबाट पहिरो खस्दा उद्योग नै पु"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अपडेट: पहिरोले उद्योग पुरिँदा एकको मृत्यु, आठ घाइते

१२ श्रावण २०७३, बुधबार ०५:१९

साउन १२, पर्वत । पहिरोमा पुरिएर पर्वतको माझफाँट–३ स्थित पर्वत बेनीमा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । 

पर्वतको मल्लाज जाने पदमार्गको प्रवेशद्वार नजिकै रहेको धौलागिरि कपास उद्योग माथिको भीरबाट पहिरो खस्दा उद्योग नै पुरिएर १२ वर्षीया अङ्किता तामाङको ज्यान गएको हो । पहिरोले पुरिएर घाइते भएकी तामाङको उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । 

पहिरोमा परेर घाइते भएका ३२ वर्षीय सुवास थापा, १२ वर्षीया कृष्टि घले, १६ वर्षीया सुस्मिता तामाङ, ११ वर्षीय अजय तामाङ, ३२ वर्षीया फुलकुमारी तामाङ, २८ वर्षीया सविना घले, ३ वर्षीय विजय घले र २० वर्षीय प्रेम तामाङको म्याग्दी जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । 

मङ्गलबार राती १ बजेको समयमा पहिरो खस्दा उद्योगमा सुतिरहेका उनीहरुको भागाभाग भएको थियो । त्यहाँ रहेका चारजना भने सकुशल रहेका छन् । घाइतेको प्रहरीका साथै पर्वत बेनी र बेनीको कालीपुल क्षेत्रका बासिन्दाले उद्धार गरेर अस्पतालमा पु¥याएका थिए । 

पहिरोले पुराना कपडालाई प्रयोग गरेर सिरक, डसनालगायत बनाउँदै आएको उद्योगमा रहेका सबै औजार, उपकरण र कच्चापदार्थ नष्ट भएको छ । करिब १५ लाख रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ । बेनीको कालीपुल हुँदै मल्लाज जाने पदमार्ग पहिरोका कारण अवरुद्ध भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव