2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छाप भञ्ज्याङका ६५ घर जोखिममा

भदौ १५, साँखु । पहिराका कारण शङ्खरापुर नगरपालिका–१ छाप भञ्ज्याङका ६५ घर जोखिममा परेका छन् । अविरल वर्षाका कारण केही दिनअघिदेखि खसेको निरन्तर पहिराले बस्ती छाप भञ्ज्याङ बस्ती जोखिममा परेको हो । 

स्थानीय गोपाल ढकालका अनुसार– पाँगो माटो भएको ५० रोपनी जग्गा तल भासिँदै गएकाले बस्ती जोखिममा परेको हो । यसैगरी सहायक राजमार्गका रुपमा रहेको सडकखण्ड पनि तीन फिट भासिएको छ । समयमै यसको रोकथाम तथा सडकको मर्मत गर्न उहाँले आग्रह गर्नुभयो ।  तत्काल रोकथामको पहल नगर्ने हो र सडकको अवस्थाको सुधार नगर्ने हो भने यहाँका स्थानीयले यातायात सञ्चालनसमेत गर्न नपाउने तथा सडकसँगको सम्बन्ध नै टुट्ने अवस्था रहेको स्थानीयको गुनासो छ । 

पहिरोले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाको सिमानामा रहेको दुर्गम बस्ती केराबारी जाने बाटोसमेत भासिएको छ । उक्त सडकखण्डमा अहिले मोटरसाइकलसमेत जानसक्ने अवस्था छैन । स्थानीय तहको उपभोक्ता समितिले विनाप्राविधिक आफूखुशी स्काभेटरको प्रयोग गरी जथाभावी सडक खनेका कारणले पनि  समस्या आएको बताइएको छ ।   

शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवा हुँदै सिन्धुपाल्चोक मेलम्ची जोड्ने सडकखण्डको अवस्था पनि निकै दयनीय छ । स्थानीय सरकारको बेवास्थाका कारण सो सडकखण्डको अहिलेसम्म उचित मर्मत हुन सकेको छैन । 

साना तथा ठूला सवारीसाधन गरी दिनहुँ सयौँ सङ्ख्यामा गुड्ने सवारीसाधन आवतजावतमा निकै कठिनाइ हुने गरेको छ । बस्ती र सडक जोखिममा परेको गुनासो पछि शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ उक्त क्षेत्रमा अनुगमनका लागि पुग्नुभएको थियो । उहाँले स्थलगत निरीक्षणपछि उक्त बस्तीको भू–बनोट हेर्दा भूगर्वविद् ल्याएर अध्ययन गर्नुपर्ने रहेको जानकारी दिनुभयो । भूक्षय नियन्त्रण तथा पहिरो रोकथामका लागि तत्काल समन्वयन गरी थप क्षति हुन नदिन पहल गर्ने उहाँले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक