साउन १२, पर्वत । माझफाँट–३ स्थित पवर्तबेनीमा पहिरोमा पुरिएर एकको मृत्यु भएको छ । मल्लाज जाने पदमार्गको प्रवेशद्धार नजिक रहेको धौलागिरि कपास उद्योग माथिको ढिस्को खस्दा पुरिएर उद्योमै बस्ने नुवाकोट जिल्ला देउराली गाविस–२ की ११ बर्षिया अंकिता तामाङको मृत्यु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, पर्वत । माझफाँट–३ स्थित पवर्तबेनीमा पहिरोमा पुरिएर एकको मृत्यु भएको छ । मल्लाज जाने पदमार्गको प्रवेशद्धार नजिक रहेको धौलागिरि कपास उद्योग माथिको ढिस्को खस्दा पुरिएर उद्योमै बस्ने नुवाकोट जिल्ला देउराली गाविस–२ की ११ बर्षिया अंकिता तामाङको मृत्यु"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कपास उद्योगमा पहिरोखस्दा एकको मृत्यु

१२ श्रावण २०७३, बुधबार ०६:३०

साउन १२, पर्वत । माझफाँट–३ स्थित पवर्तबेनीमा पहिरोमा पुरिएर एकको मृत्यु भएको छ । मल्लाज जाने पदमार्गको प्रवेशद्धार नजिक रहेको धौलागिरि कपास उद्योग माथिको ढिस्को खस्दा पुरिएर उद्योमै बस्ने नुवाकोट जिल्ला देउराली गाविस–२ की ११ बर्षिया अंकिता तामाङको मृत्यु भएको होे । पहिरो आएपछि ढोका खोल्न गएकी तामाङलाई पहिरोसंगै आएको ढुंगाले चोट लागेको थियो ।

पहिरोले नुवाकोटकै देउराली गाविस– २ की १२ बर्षिया सृष्टि घले, १२ बर्षका अजय तामाङ, ३२ बर्षिया फुलमायाँ तामाङ, २८ बर्षिया सविना घले,३ बर्षका विजय घले,नुवाकोट विदुर–१० का प्रेम तामाङ ३५ बर्षिय सुवास थापा, त्रिशुली ढोरेनी नगरपालिका–१० की १६ बर्षिया सुस्मिता तामाङ घाईते भएका छन् । दुई परिवारको बसोबास रहेको थियो । दिदीबहिनीले सञ्चालन गरेको उद्योगका सबै औजार समेत पहिरोले क्षती पुगेको थियो । मध्यरातमा खसेको पहिरोले चोट लागेपछि उपचारका लागि पोखरा लैजादै गरेको अवस्थामा बाटोमै मृत्यु भएको पर्वत प्रनाउ गंगा पन्तले जानकारी दिइन ।

पर्वतको मल्लाज जोड्ने पक्की पदमार्ग नजिकै रहेको ढिस्कोसंगै खसेको रुखले चोट लागेको घाईतेले बताएका छन् । मध्यरातमा सुतिरहेको अवस्थामा एक्कासी पहिरो खसेपछि भागाभाग गर्ने क्रममा समेत चोट लागेको थियो । धौलागिरि कपास उद्योगकाम मजदुर सहित बसोबास गर्ने सबै पहिरोमा परेका थिए । पहिरोले क्षती पुगेका उद्योग सहित घाईतेको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासनी, प्रहरी नायव उपरिक्षक गंगा पन्त, स्थानीय विकास अधिकारी यूवराज पौडेल लगाएतको टोली समेत घटनास्थलमा पुगेको थियो । पहिरोका कारण १५ लाख भन्दा बढीको नोक्सान भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव