2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा पाँच लाख पर्यटक क्षमताको पूर्वाधार बनाउन निर्देशन

भदौ १५, काठमाडौँ ।  (रासस) संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले काठमाडाँै उपत्यका वरिपरि पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिनुभएको छ  । मन्त्रालयमा आज  बोर्डका निर्देशकसँगको छलफलमा मन्त्री भट्टराईले उपत्यका आसपास क्षेत्रमा पाँच लाख पर्यटक क्षमताको पर्यटन पूर्वाधार पदमार्ग र साइक्लिङ पर्यटनको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिनुभयो ।

उहाँले प्रदेशस्तरमा प्रदेश सरकारसँग समन्वय गरी बोर्डको  शाखा चाँडो  गठन गर्न समेत निर्देशन दिँदै नेपाली, हिन्दी, चिनियाँ, अरबी, पोर्चुगाली र स्पेनी भाषामा डिजिटल सामग्री तयार गर्न आग्रह गर्नुभयो । 

पर्यटनमन्त्री भट्टराईले अनावश्यक खर्च कटौती गरी आर्थिक मितव्ययिता कायम गर्न  र विदेश तथा स्वदेशमा हुने भ्रमण खर्चमा कटौती गर्न निर्देशन दिनुभयो ।  उहाँले पर्यटन बोर्डका पदाधिकारीलाई कोभिड –१९ को महामारीका समयमा भर्चुअल टुरका प्याकेज बनाउन आग्रह गर्दै विश्वसम्पदा, हिमाल, पदयात्रा, सिमसार, सङ्ग्रहालय, निकुञ्जलगायत भर्चुअल टुरको सामग्री तयार गर्न पनि आग्रह गर्नुभयो ।

मन्त्री भट्टराई अहिलेको खोजअनुसन्धान, योजना निर्माण प्रतिवेदन तथा पर्यटकीय क्षेत्रका वृत्तचित्रलगायत सामग्री प्रकाशन तथा प्रसारण गर्न आग्रह गर्दै कोरोनाका कारण पर्यटन व्यवसायी, पर्यटन मजदूरलगायतमा देखिएका समस्या तथा पलायन रोक्नका लागि मनोसामाजिक परामर्श सेवा शुरु गर्न पर्यटन बोर्डलाई निर्देशन दिनुभयो ।

उहाँले विभिन्न देशका रहेका पर्यटन डेस्कलाई सक्रिय बनाई स्वदेश तथा विदेशमा पर्यटन  क्षेत्रका सङ्घसंस्थासँग सञ्जाल विस्तार गर्नसमेत आग्रह गर्नुभयो । मन्त्री भट्टराईले कोभिड– १९ महामारी अन्त्यपछि पर्यटन उत्थानका योजना बनाउनसमेत आग्रह गर्नुभयो ।

मन्त्री भट्टराईले नेपालमा स्वास्थ्य, शिक्षा र  खेलकूद पर्यटनको सम्भावनाबारे अध्ययनअनुसन्धान गर्न आग्रह गर्नुभयो । छलफलमा पर्यटन बोर्डका कार्यकारी निर्देशक डा धनञ्जय रेग्मीले आर्थिक वर्ष २०७६।७७ को प्रगति र ७७। ०७८ का कार्यक्रमकाबारे जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक