प्रकाश धौलाकोटी, साउन १२, तेह्रथुम । तेह्रथुमको छथर शुक्रबारे बजारमा भाद्र पुर्णिमाको अवसरमा विभिन्न खेलकुद, सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमसहित भव्य मेला लाग्ने भएको छ । 

स्थानीय रत्नदेवी युवा सेवा समाजको आयोजनामा ऐतिहासिक भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी, साउन १२, तेह्रथुम । तेह्रथुमको छथर शुक्रबारे बजारमा भाद्र पुर्णिमाको अवसरमा विभिन्न खेलकुद, सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमसहित भव्य मेला लाग्ने भएको छ । 

स्थानीय रत्नदेवी युवा सेवा समाजको आयोजनामा ऐतिहासिक भ"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

भदौ पुर्णिमाको अवसरमा शुक्रबारेमा मेला

२०७३, १२ श्रावण बुधबार ०६:५४

प्रकाश धौलाकोटी, साउन १२, तेह्रथुम । तेह्रथुमको छथर शुक्रबारे बजारमा भाद्र पुर्णिमाको अवसरमा विभिन्न खेलकुद, सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमसहित भव्य मेला लाग्ने भएको छ । 

स्थानीय रत्नदेवी युवा सेवा समाजको आयोजनामा ऐतिहासिक भदौरे मेला सन्चालन हुने भएको अध्यक्ष अनिल आंखेवाले बताए । शुक्रबारेमा ऐतिहासिक रुपमै वर्षेनि भदौरे मेला लाग्ने गरेको छ । स्थानीय धामी, झाँक्रीहरुले भाद्र पुर्णिमाको अघिल्लै दिन अपवाससहित गुफा बसी पुर्णिमाका दिन स्थानीय रत्न देवी थानमा पुजा आजा र धामी नाच प्रदर्शन गर्ने गर्दछन् । 

परापुर्व कालदेखि नै हुँदै आएको त्यही प्रचलनलाई लक्षित गर्दै पछिल्लो समय युवाहरुको अगुवाईमा विभिन्न खेलकूद, मनोरन्जनात्मक र सांस्कृतिक कार्यक्रमहरु हुन थालेका हुन् । यसवर्ष पनि खुला भलिबल प्रतियोगिता र नृत्य प्रतियोगिता सन्चालन गर्ने निर्णय गरिएको अध्यक्ष आंखेवाले जानकारी दिए । 

मेलालाई सम्पन्न गराउन समाजले विभिन्न उपसमितिहरु समेत गठन गरिसकेको छ । मेलाको अवसरमा सन्चालन हुने भलिबल प्रतियोगितामा विजेता र उपविजेताले क्रमशः २५ र १५ हजार नगदसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । नृत्य प्रतियोगितामा विजेताले ११ हजार १ सय ११ तथा उपविजेताले नगद ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । 

मेलासँगै लिम्बुवानको ऐतिहासिक राजधानी ताक्लुङ गडी साँवा लिम्बुहरुको मांगेना यक, चाङिसिङ यक लगायतका स्थानहरुको अवलोकन तथा रत्न देवी थानको दर्शन गर्न तिर्थालुहरुको भीड लाग्ने गरेको छ । 

मेलामा पुर्वका तेह्रथुमसहित धनकुटा, संखुवासभा, सुनसरी र पाँचथरका विभिन्न ठाउँहरुबाट दर्शनार्थीहरु आउने गर्दछन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी