२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सभामुखको पहलमा लिदीका अभिभावक गुमाएका बालबालिकालाई संरक्षण र शिक्षा

२०७७, १७ भाद्र बुधबार ०५:०५

भदौ १७, सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण, शिक्षा र बसोबासको व्यवस्था हुने भएको छ । सभामुखको आग्रहमा एसओएस बालग्राम काभ्रे पनौतीका निर्देशक सुरेन्द्र अमगाईँसहितको टोली मङ्गलबार सिन्धुपाल्चोकको बाँसखर्क पुगेर वडाध्यक्ष प्रताप लामासँग समन्वय गरी बालबालिकाको जानकारी लिएको थियो । एसओएसले हिजैदेखि बालबालिकाको शिक्षा र संरक्षणका लागि  आवश्यक प्रक्रिया थालेको छ ।

लिदीका अभिभावक गुमाएका १२ वर्षमुनिका पाँच बालबालिकालाई तत्काल काभ्रेको पनौतीस्थित एसओएस बालग्राम ल्याएर पठनपाठन शुरु गर्ने निर्देशक अमगाईँले जानकारी दिनुभयो । त्यसका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुमतिपत्र लिनेलगायतका विषयमा हिजो नै छलफल भएको छ ।

बाँकी १२ वर्षमाथिका सात बालबालिकाको शिक्षा र संरक्षणका लागि बसोबासस्थलमै संरक्षकमार्फत सहयोग गरिने अमगाईँले जानकारी दिनुभयो । उनीहरुका लागि अस्थायी बसोबासस्थलमै शिक्षा र सहयोेग हुने उहाँको भनाइ छ । यही भदौ १० गते सभामुख सापकोटाले लिदीबाट अस्थायी स्थानान्तरण भएर जुगल गाउँपालिकाको बाँसखर्कमा आएका विस्थापितसँगको छलफलमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाको आफूले जिम्मेवारी लिने बताउनुभएको थियो ।

त्यसलगत्तै काठमाडौँ फर्केर सभामुख सापकोटाले एसओएस बालग्रामका अधिकारीहरुसँग छलफल गरी पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई संरक्षण र शिक्षाको प्रबन्ध मिलाइदिन आग्रह गर्नुभएको थियो । गत साउन ३० गते बिहान जुगल गाउँपालिकाको लिदीमा गएको भीषण पहिरोमा परी ३७ घर पुरिँदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेको छ भने दुई अझै बेपत्ता छन् । पहिरोले बस्ती नै जोखिममा परेपछि लिदीबासीलाई हाल बाँसखर्कमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ ।

लिदी पहिरोपीडितलाई नौ लाख सहयोग

गैरआवासीय नेपाली सङ्घ र सिन्धु सोसाइटी अमेरिकाले लिदी पहिरोपीडितका लागि सहयोग गरेका छन् । मङ्गलबार गैरआवासीय नेपाली सङ्घका तर्फबाट रु पाँच लाख र सिन्धु सोसाइटीको तर्फबाट रु चार लाख गरी रु नौ लाख जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाई सहयोग हस्तान्तरण गरिएको सिन्धु सोसाइटीका अध्यक्ष वंशलाल तामाङले जानकारी दिनुभयो ।

गैरआवासीय नेपाली सङ्घका तर्फबाट केन्द्रीय उपाध्यक्ष सोनाम तामाङ र सिन्धु सोसाइटीका स्थानीय प्रतिनिधि छेवाङ शेर्पाले सो रकम हस्तान्तरण गर्नुभएको हो । पहिरोले ३९ घरमा पूर्णरूपमा क्षति पुर्याएको थियो । पहिरोपीडितलाई अहिले सुरक्षित स्थानमा सारिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने