सरु शर्मा/ साउन १२, नवलपरासी । नवलपरासीको सिमावर्ति गाविस रमपुरवां र भुजहंवाको दोभान शकंरपुरमा रहेको नहरमा एक जना बृद्धाको शव फेला परेको छ । रमपुरवां गाविस निवासी बर्ष ७० की बकलादेवी केवटको शब फेला परेको सिमा प्रहरी चौकी महेशपुरले जनाएको छ ।
श्रावण ९ गते आईतवारका दिन भारतिय बजार ठुठिबारी जान भनि घर बाट निस्कीएकी उनको सोही दिन आएको बाढिले बगाएर मृत्यु भएको हुन सक्ने अनुमान गरीएको छ । ९ गते देखि हराएकी उनको परिवारले खोजीकार्य गरीरहेको थियो तर मँगलबार साँझ शव फेला परेको परिवार स्रोतले बताएको छ ।