२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निरन्तर प्रकोपले समस्या : प्रजिअ ढकाल

१९ भाद्र २०७७, शुक्रबार ०४:४६

भदौ १९, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सिन्धुपाल्चोकमा निरन्तर प्रकोपले समस्या परेको बताउनुभएको छ । अहिलेसम्म बाढी र पहिरोबाट ५६ जनाको मृत्यु भएको छ भने २३ जना अझै पनि बेपत्ता छन् । “धेरै मानिस विस्थापित छन्”, उहाँले भन्नुभयो,  “जिल्ला विपद् व्यवस्थापन समितिले तत्काल राहत तथा उद्धारको काम गरिरहेको अवस्था छ । सुरक्षाकर्मी परिचालन भएका छन् । स्थानीय पालिकालगायत विभिन्न निकायसँग समन्वय गर्दै प्रभावकारी ढङ्गले कामहरु अगाडि बढाइरहेको अवस्था छ ।” केन्द्रीयस्तरमा पनि सभामुख अग्निप्रसाद सापकोटाको पहलमा बैठकहरु बसेर धरै निर्णय भएको र कामहरु  अगाडि बढिरहेको उहाँले बताउनुभयो ।

कोरोना भाइरसको उच्च जोखिममा रहेको सिन्धुपाल्चोकमा सङ्क्रमण  नफैलियोस् भन्नका लागि यही भदौ १ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रजिअ ढकालले बताउनुभयो । राजधानीसँग नजिक रहेको जिल्ला र बढी आवतजावत राजधानीमा हुने भएकाले पनि सिन्धुपाल्चोक पनि कोरोनाको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । सिन्धुपाल्चोकमा हालसम्म चार जनाको मृत्यु भएको छ भने १०९ सङ्क्रमित भएकामा ७७ जना निको भएर घर फर्किसकेको उहाँले जनाकारी दिनुभयो ।

“अहिले हामीले जिषेधाज्ञा जारी गरेका छौँ, त्यसैले सङ्क्रमण नफैलिएको स्थिति छ । निषेधाज्ञा जारी नगरेको भए स्थिति भयावह भइसक्ने थियो”, उहाँले भन्नुभयो, “बजारलाई व्यवस्थित गर्ने, अति आवश्यक पसललाई निश्चित समयमा खोल्ने, केही निमार्णका कामलाई अगाडि बढाउने र अनावश्यक कामलाई बन्द गर्ने हिसाबले काम अगाडि बढाउने निर्णय गरेका छौँ ।”

 अरनिको राजमार्गलाई व्यवस्थित गरिँदै

नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी सञ्चालनका लागि अरनिको राजमार्ग व्यवस्थित गरिने उहाँले बताउनुभयो । बाह्रबिसेभन्दा माथि एकठाउँमा सडक अवरुद्ध भएको स्थिति छ । उहाँका अनुसार सडक मर्मतका लागि सडक विभागले काम गरिरहेको छ ।

“चीन सरकारको न्यालम प्रान्तसँग असाध्यै राम्रो सम्बन्ध छ, म पहिला पनि सीमा जोडिएको जिल्लामा बसेको भएकाले मित्रराष्ट्रसँग कसरी समन्वय गर्ने भन्ने केही ‘आइडिया’हरू थियो”, उहाँले भन्नुभयो, “यसअघि जिल्लामा लामो समयदेखि सुरक्षा बैठक पनि बस्न सकिरहेको अवस्था रहेनछ, हामीले सहयोगको प्रस्ताव पनि गरेका थियौँ । चिनियाँ पक्ष एकदमै सकारात्मक भएर हामीलाई स्वास्थ्य सामग्रीहरू सहयोग गर्नुभयो ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान