भदौ २०, लहान (रासस) । सिरहा चौहर्वा सडकखण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका¬–५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्ँिकदा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । चोहर्वाबाट सिरहातर्फ जाने क्रममा बिग्रिएर रोकिराखेको ज१त ४३२९ नंको ट्र्याक्टरमा गएराति अन टेष्ट नंको मोटरसाइकल ठोक्ँिकदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहा नगरपालिका–५ निवासी १९ वर्षीय अमलेश महतो र सोही ठाउँका २१ वर्षीय सुनिल सदा रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पठाएकामा उपचारका क्रममा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । दुर्घटनामा परी १९ वर्षीय मिथिलेश सदा गम्भीर घाइते भएको र उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

बलात्कारमा संलग्न रहेको आरोपमा दुई युवक पक्राउ

एक युवतीलाई सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१० का २१ वर्षीय दीपेन्द्र मुखिया र सोही ठाउँका २० वर्षीय दिनेश यादव रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरी अनुसन्धान तथा कारबाही अगाडि बढाएको प्रहरी नायब उपरीक्षक सन्तकुमार जैसवालले जानकारी दिनुभयो । गत भदौ १३ गते २१ वर्षीया युवतीलाई मुखियालगायत पाँचजना युवकले सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेपछि घटनामा संलग्न दुई पक्राउ गरेको र फरार तीन जनाको खोजी जारी राखेको प्रहरी नायब उपरीक्षक जैसवालले बताउनुभयो ।

September 5, 2020
काठमाडौँ - KTM, समाज, सिराहा - SRH
सवारी दुर्घटनामा दुई जनाको मृत्यु, एक गम्भीर घाइते
By साझासवाल
4 मिनेट पढाइ