Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कोभिड–१९’ बाहेकका विरामीको उपचारमा ध्यान दिन आग्रह

२०७७, २२ भाद्र सोमबार १२:३५

भदौ २२, काठमाडौँ (रासस) । नेपाली काँग्रेसले कोभिड–१९ को कारण अन्य बिरामी पनि गम्भीर रुपले प्रताडित भइरहेको उल्लेख गर्दै भेन्टिलेटर नपाएर, अस्पताल खोज्दाखोज्दै र सङ्क्रमण आशङ्कामा उपचार नपाएर मृत्यु भएका घटना पटक–पटक दोहोरीएकोप्रति सरकारले ध्यान दिनुपर्ने जनाएको छ । यस्तो स्थिति दोहोरिन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराउदै काँग्रेसले त्यस्ता सम्पूर्ण घटनाको वास्तविक तथ्य सङ्कलन गर्ने निर्णय गरेको छ ।

पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको जुम प्रविधिबाट यही भदौ २० र २१ गते बसेको बैठकले   कोरोना महामारीका कारण बढ्दो मृत्युु र फैलदो सङ्क्रमण दृष्टिगत गरेर उच्च स्तरीय सुरक्षा सतर्कताका लागि सबैमा अपील गर्दै विविध माध्यमबाट सचेतनाको सूचना सम्प्रेषण गर्ने निर्णय गरेको छ । विभागीय प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको अध्यक्षतामा भएको बैठकले तिनै तहको सरकारलाई नवीन र ऐक्यवद्ध रणनीति साथ कोरोना सङ्क्रमण विरुद्ध युद्धस्तरमा कार्य गर्न अपील गर्दै समुदाय स्तरमा सङ्क्रमण फैलिएको तथ्यगत अनुमान गरिएका क्षेत्रमा “एक घर एक परिक्षण” गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

आइसोलेसन विस्तार गर्दै अत्यावश्यक भेन्टिलेटर तत्काल खरिद गरेर कोभिड अस्पतालको भरपर्दो सुनिश्चितता गर्न गराउन बैठकले सरकार समक्ष माग गरेको विभागका सचिव दिनेशथापा मगरले जानकारी दिनुभयो । अभावका बीच कोरोना सङ्क्रमणसँग फ्रन्टलाइनमा रहेर सहयोग गरिरहेका देशभरका स्वास्थकर्मीप्रति बैठकले उच्च सम्मान प्रकट गरेको छ । उच्च मानवीय भावनाले कार्य गरिरहेका स्वास्थकर्मीको मनोबललाई असर पुग्ने गरी कहीँ पनि कुनैपनि ढङ्गको गतिविधि हुन नदिन सबैमा बैठकले अपील गरेको उहाँले बताउनुभयो ।

 बैठकले अदालतको आदेश र श्रमिकको पीडा आत्मसात गरेर विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई निःशुल्क उद्वारको प्रक्रिया अघि बढाउन सरकार समक्ष माग गरेको छ । साथै राजधानी लगायत मुलुकको आधा भू–भागमा निषेधाज्ञा र लकडाउनका कारण नागरिक जीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै बैठकले स्थानीय तहमार्फत ब्यवस्थित ढङ्गले राहत वितरण गर्ने गरी ब्यावहारिक राहत प्याकेज अविलम्ब घोषणा गर्न सरकारलाई अपील गरेको छ ।

बैठकले कोरोना महामारीका कारण चुनौती ब्यहोरिरहेका सञ्चारमाध्यमलाई संरक्षण गर्न र त्यसमा कार्यरत देशभरका पत्रकार कसैलाई पनि बेरोजगार बन्न नदिने दायित्व निर्वाह गर्न सरकारसँग माग गरेको छ । यसैगरी बैठकले फ्रन्टलाइनमा कार्य गरिरहेका पत्रकारहरुको परिक्षण, सुरक्षा ब्यवस्थापन र उपचारमा विशेष निर्णयका साथ कार्य गर्न समेत सरकारको ध्यानाकर्षण गरएको छ । सरकारले निजी अस्पताललाई समेत पिसिआर परीक्षणको अनुमति दिइसकेको अवस्थामा कोरोनाको बीमा गरेका नागरिकलाई रकम भुक्तानी दिन निश्चित आशंकाकै कारण रोक्नु गलत रहेको ठहर गर्दै बैठककले यसलाई सरलीकरण गरेर कोरोना बीमीमतलाई भुक्तानी दिलाउन माग गरेको छ ।

बैठकले कृषि उत्पादनमा विशेष जोड दिनै पर्ने विद्यमान परिस्थितिमा कृषि उत्पादनका लागि कृषकको हित केन्द्रित विशेष परियोजना निर्माण र लागू गर्न सरकार समक्ष माग गरेको छ । त्यसैगरी कोरोनाले कष्टकर स्थितिमा पुगेका आंशिक प्राध्यापकहरुसँग अविलम्ब वार्ता गरेर समाधानमा पुग्न बैठकले त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश