2026-07-25 01:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं उपत्यकामा विहिबारदेखि निषेधाज्ञा खुकुलो हुने, यी व्यवसाय खुल्नेछन्, हेर्नुहोस्

भदौ २४, काठमाडौं । काठमाडौं उपत्यकामा शर्तसहित यातायात र व्यापार क्षेत्र खुला हुने भएका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले मापदण्ड बनाएर यातायात, पसल सञ्चालन गर्न दिइने तर अन्य क्षेत्रको निषेधाज्ञा ३१ गतेसम्म थप्ने निर्णय गरेको हो ।

अत्यावश्यक वस्तुको पसल साँझ पनि

उपत्यकामा अत्यावश्यक वस्तु तथा सेवाका पसलहरु अब साँझको समयमा पनि खुल्ने भएको छ । सुरुमा विहान ९ बजेसम्म खेल्न दिइएको यस्ता पसललाई भदौ १७ गतेदेखि ११ बजेसम्म खुल्‍न दिइएको थियो । अब बेलुका ५ देखि ७ बजेसम्म खुला हुनेछ ।

यो निर्णयअनुसार अब खाद्यवस्तु, दूध, दुधजन्य पदार्थ, फलफूल तरकारी माछा मासु पसल विहान ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म सञ्चालन हुनेछन् । फुटपाथ र ठेलाको व्यापार पनि खुला गरेको छ । योसँगै स्टेशनरी, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म खुला हुनेछन् । सवारी साधन मर्मत गर्ने वर्कसपहरु हरेक दिन विहान ८ देखि बेलुका ८ बजेसम्म खुल्नेछ ।

सवारीमा जोर विजोर

उपत्यकामा बिहीबारदेखि जोर विजोर प्रणालीका आधारमा सवारी साधन सञ्चालनमा आउने भएको छ । अब जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी  साधन सञ्चालन गर्न पाइनेछ ।

निजी सवारी साधनहरु जोरविजोरका आधारमा सबै चल्नेछन् । तर मोटरसाइकल तथा स्कुटरमा पनि भौतिक दुरी र स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेछ । सार्वजनिक यातायातको हकमा १६ सिट भन्दा बढी क्षमताका मात्र चल्न पाउनेछन् । यसरी चलेको सवारी साधनमा कुल सिट क्षमताका आधा नबढ्ने गरी एक लहरमा एक जना मात्र यात्रु राख्नुपर्नेछ भने यात्रुलाई मास्क अनिवार्य गरिएको छ ।

चालक र सहचालकले मास्क र पञ्जा अनिवार्य लगाउनुपर्छ । सवारी साधनको ढोकामा स्यानिटाइजर हुनुपर्छ भने दैनिक रुपमा निसंक्रमित पनि गर्नुपर्छ । यस्तै भाडाका ट्याक्सीमा चालकसहित ३ जना र परिवारभित्रका ५ वर्षमुनिका बालबालिका २ जनासम्म राखेर चलाउन पाइनेछ । मालबाहक सवारी साधनमा भने जोर विजोर प्रणाली लागू नहुने निषेधाज्ञा आदेशमा उल्लेख छ ।

यी व्यवसायका  लागि बार तोकियो

उपत्यकामा अरु व्यापार व्यवसाय सञ्चालनका लागि भने बार तोकिएको छ । अब सपिङ मल, फेन्सी र कपडा पसल, जुत्ता, कस्मेटिक पसल सोमबार बुधबार र शनिबार मात्र खोल्न पाइनेछ ।

भाँडा र भान्साका सामान बेच्ने पसल आइतबार, मंगलबार र शुक्रबार खुल्नेछन् भने फर्निचर र अटोमोवाइलसम्बन्धी पसल सोमबार र बुधबार मात्र खुल्नेछ ।

यस्तै निर्माण सामग्रीका पसल हरेक दिन दिउँसो २ बजेदेखि ७ बजेसम्म खुला रहनेछ । टेक अवे र होम डेलिभरी दिउँसो १२ देखि बेलुका ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।सहकारी संस्थाहरु ११ देखि ३ बजेसम्म खुल्नेछन् । बै‌कहरु भने यसअघिदेखि नियमित खुल्दै आएका छन् ।

उपत्यकामा उद्योग कलकारखाना खुला गर्न पनि दिइएको छ । तर कामदारलाई खाने बस्ने व्यवस्था गरेर उद्योगमै क्याम्पमा राख्नुपर्नेछ र जनस्वास्थ्यका मापदण्डको पालना गराउनुपर्नेछ । पीपीई सेट र स्वास्थ्य सामग्री उद्योगले व्यवस्था गर्नुपर्नेछ ।

के–के खोल्न पाइँदैन ?

प्रशासन कार्यालयका अनुसार उपत्यकमा अझै खुला स्थानमा भेला हुन, भीड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव र भोजभतेर गर्न प्रतिबन्ध गरेको छ । त्यस्तै धार्मिक, साँस्कृतिक स्थलमा दैनिक नित्य पूजाबाहेक अरु गतिविधि गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्युटीपार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद र खेल प्रंस्तुति, प्रदर्शनी, पुस्तकालय, संग्रहालय, चिडियाखाना पनि सञ्चालन गर्न पाइँदैन ।

उद्योग, ब्यापार, निर्माण कार्यमा स्वास्थ्य सुरक्षा मापदण्ड विपरीत कामदार ओसार पसार गर्न प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक