४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

लोकपर्व जितियाको व्रत शुरू

२५ भाद्र २०७७, बिहीबार ०५:०३

भदौ २५, जनकपुरधाम । मैथिल समुदायका महिलाको महान् लोकपर्व जितियाको व्रत गए रातिदेखि शुरू भएको छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टा निराहार उपवास  बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यस पर्वलाई कठोर पर्वका रूपमा पनि लिइन्छ । विश्वविद्यालय पञ्चाङ्ग र मिथिला क्यालेण्डरअनुसार गए राति अष्टमीको प्रवेशदेखि शुरू भएको यो व्रत शुक्रबार  ६ बजेपछि सम्पन्न हुनेछ ।

जितिया  मैथिल संस्कृतिको पर्वमध्ये एउटा प्रमुख पर्व हो । यसलाई जिमुतवाहन व्रत पनि भनिन्छ । सन्तानको सुखशान्ति र चिरायुका लागि यो पर्व मनाउने चलन  छ ।  यसको नियमपूर्वक पूजा गर्नाले आफ्नो सन्तानको आयु वृद्धि हुने जनविश्वास  छ । विशेषरूपले आइतबार र मङ्गलबार पर्ने जितियालाई अधिक महत्व दिइन्छ । यसलाई खर जितिया पनि भनिन्छ । कुनै व्यक्ति ठूलो दुर्घटनाबाट बाँच्न सफल भयो भने उनकी आमाले खर जितिया गरेकी रहिछिन् भन्ने मान्यता पनि  छ ।

भविष्य पुराणअनुसार जिमुतवाहन शालिवाहन राजाका पुत्र  थिए । उनीमाथि महादेवको असीम कृपा रहेकाले उनको नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायु हुने वरदान उनले  प्राप्त गरेका थिए । आज अष्टमीका तिथिमा व्रतार्थीले पूर्णतया निराहार बसी साँझपख जिमुतवाहन, चिल र स्याल विषयक कथा सुन्न्े गर्छन् । कथा सुन्ने बेलामा व्रतार्थीले आफ्नो पाइतालामुनि एउटा खर राख्नु पर्ने हुन्छ । कथा समाप्त भएपछि पाइताला मुनिको खरलाई ६ टुक्रा पारी तीनतीन पटक गरी शरीरको अगाडि र पछाडि फ्याँकिने गरिन्छ ।  यो भावले पारिवारिक जीवन सुखमय होस् भन्ने कामना बोकेको पाइन्छ ।

नवमी तिथिमा स्नानादि गरी पवित्र भई जिमुतवाहन, चिल र स्याल र दिवंगता महिलालाई नैवेद्य अर्पण गरी प्रसाद ग्रहण  गरिन्छ । यसरी यो व्रतको पारण गरिन्छ । पारणका दिन अंकुरी (भिजाइएको केराउ) सहित पकाइएको साग खाने प्रचलन  छ । यसप्रकार यो व्रतले करिब तीन दिनको अवधि समेटेको हुन्छ ।

जितिया व्रतमा कुनै शास्त्रीय देवताको नभई लोकदेवता जितवाहनको आराधना गरिने भएकाले यसलाई जीवितपुत्रिका व्रत पनि भनिन्छ । यस व्रतको पहिलो दिन सप्तमी तिथिमा नहायखाय, तेलखरि, पितराइन र  ओठङ्नको विधि गर्ने चलन  छ । जितिया पर्वमा प्रयुक्त हुने तोरी वा सस्र्यूको तेल, पिना, घिरौँलाको पात, नैवेद्यका वस्तु स्वास्थ्य र संस्कृतिका दृष्टिले महत्वपूर्ण  छन् । व्रतको एक दिन पहिले कोदाको रोटी र माछा तथा एक दिनपछि केराउ मिसाइएको साग खानुपर्ने व्यवहारले मिथिलाको खानपान र विविधताको पहिचान पनि गराउँछ । यस्तै ओठङ्नका समयमा पानी खाने बेलामा भनिने मन्त्रले दाजुभाइ तथा दिदीबहिनीबीच आत्मीयताको बोध गराएको हुन्छ । चिल र स्याललाई नैवेद्य चढाइनाले पशुपक्षीप्रति समेत आत्मीयता र श्रद्धा प्रदर्शित भएको देखिन्छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ