८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

अविरल वर्षाका कारण कपिलवस्तुमा ४ जनाको ज्यान गयो, १ हजार ७६ घरमा क्षति

१२ श्रावण २०७३, बुधबार १४:४३


दिपक अनुरागी | साउन १२, कपिलवस्तु | मंगलवार आएको अविरल वर्षाका कारण कपिलवस्तुमा ४ जनाको ज्यान गएको छ । त्यसरी ज्यान जानेमा सोमडिह गाविस ७ इटहवाका अन्दाजी वर्ष ४० का मादे हलुवाइ रहेको उनका आफन्त जुम्मन हलुवाइले जानकारी दिए ।

त्यसैगरी बाणगंगा नगरपालीका ७ ओदारी बस्ने बर्ष १२ की रविना चौधरी, कजरहवा ९ सिंग्राहाका बर्ष २१ का शिव गुलाम कलवार र भृकुटी नगरपालीका ८ भैरमपुर बुड्ढीकी १६ वर्षिय कल्पना कार्की रहेको प्रहरीले जनाएको छ ।

भारी वर्षासंगै अवरुद्ध बनेको कपिलवस्तुको पुर्वपश्चिम राजमार्ग र जिल्लाको जनजिवन सामान्य बन्दै गएको छ भने राजमार्गमा यातायातका साधन सन्चालनमा आएपनि विजगौरी घाटमा नदिले सडक भत्काएपछि बुड्ढी हुंदै  सदरमुकाम जाने यातायातका साधन अवरुद्ध छन् ।

जिल्लाका बाणगंगा कोइली, गुडरुङ्गं, सुराइ, चिराइ लगायतका नदीनालामा सोमवार रातीदेखीको भारी वर्षाले बाढी आउंदा जिल्लाका १ दर्जन बढि गाउंका २ हजार बढि घरं डुवानमा परेकोमा गएराती वर्षा नभएकाले पानीको सतह घट्दै गएर सामान्य बन्दै गएको स्थानीयले बताएका छन् । उता भारी वर्षाले किसानले लगाएको सयौ हेक्टर धानखेतीमा नोक्सानी गरको छ ।

यसैगरी जिल्ला दैबी प्रकोप समितिद्धारा कपिलवस्तुलाई बाढी पीडीत जिल्ला घोषणाका लाथि पहल थालिएको छ । अबिरल बर्षासंगै जिल्लका बाणगंगा नदी लगायतका बिभिन्न नदीमा आएको बाढी बस्तीमा फसेकाले ठुलो क्षति भएको भन्दै जिल्ला दैबी प्रकोप समितिले जिल्लालाई बाढीग्रस्त जिल्लाका घाषणा गराउन लिखित निर्णय गरेको छ ।

सदरमुकाम तौहिलवमा बाढीबाट भएको क्षति, राहत बितरण लगायतका बिषयमा छलफल गर्नका लागि बसेको समितिको बैठकले जिल्लालाई बाढीग्रस्त जिल्ला घोषणा गराउन संबन्धित निकायमा छलफल गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरेले बताइन् ।

उता प्रारंभिक तथ्यांक अनुसार जिल्लाका ४ नगरपालिका र एक दर्जन गाबिसमा १ हजार ७६ घरमा क्षति पुगेका समितिले जनाएको छ । जसमध्ये १ सय २२ घर पुर्णरुपमा क्षति भएको छ । सबै भन्दा ठुलो क्षति जिल्लाको बाणगंगा नदीले गराएको छ ।

यसैगरी बाढीले घघवा खोला माथि बनेको पुलमा क्षति पुरयाएको छ । बाणगंगा नगरपालिका ६ बरवा गांउको पुर्वी किनारमा पर्ने साविकको पटना र हथौसा जोड्ने पुलमा बाढीले क्षति पुरयाएको हो । पुलको पुर्वी वाल फुटेको छ ।  

बैदौली, देउवापार, हथौसा, सोनपुर, कोठी नदी सडक खण्ड अन्र्तगत पर्ने घघवा खोलाको वाल भत्किए पछि त्यस आसपासका स्थानीयहरुलाइ आवात जावत गर्न सास्ती भएको छ ।

विशेष गरि खोला पारी बाट आउने विद्यार्थीहरु बढी मारमा परेका छन् । सुर्योदय उच्च मावि बरवा र इभर ग्रिन इंग्लिस बोडिङ स्कुलमा अध्ययन गर्ने विद्यार्थी बढि प्रभाबित भएका छन् । विद्यायलमा अध्ययन गर्ने ५० प्रतिशत विद्यार्थी खोला पारी कै रहेका छन ।  यता विद्यार्थीहरुलाई मध्य नजर गर्दै नेप्साको आह्वानमा जिल्लाका बाढी प्रभावित क्षेत्रहरुका विद्यालयमा ३ दिन सम्म विदा दिएको छ ।  

यसैबिच जिल्लाका विभिन्न संघ संस्थाहरुले बुधबार बाढि पिडितहरुलाई राहत वितरण गरेका छन् । जिल्लाको मोतिपुरमा रहेको साना किसान कृषि सहकारी संस्था, युवा संघ वाणगंगा नगर कमिटि र होटर तथा रेष्टुरेन्ट व्यवसायि संघ कपिलवस्तुले वाणगंगा नगरपालिका अन्तर्रगतका विभिन्न क्षेत्रका वाढि पिडित हरु लाई छुटाछुटै राहत वितरण गरेका हुन् ।

साना किसान कृषि सहकारी संस्था मोतिपुरले नगरपालीका वार्ड नं १३ प्रगति टोल, धैरेनीडाडा र १५ का कोईली पारी र बुड्काहाका २ सय ५० बढि बाढि पिडितलाई राहत वितरण गरेको प्रबन्धक शालिकराम पौडेलले जानकारी दिए ।

बुडकाहा र कोईली पारीका बाढि पिडितहरुले अहिले सम्म पनी प्रहरी प्रसाशन नआएको सुनाउदै राहत सामाग्री पुगेपछि खुसि व्यतm गर्दै साना किसान प्रति साह्राना प्रकट गरेका थिए ।

साना किसान कृषि सहकारी संस्था मोतिपुरका अध्यक्ष भिम प्रसाद सापकोटा, उपाध्यक्ष खेतुलाल गिरी , प्रबन्धक पौडेल लगाएतको नेत्रित्वमा गएको टोलीले संम्बन्धीत वार्डका प्रतिनिधिहरुको सहकार्यमा दाल चामल, तेल मसला लगाएतका खाध्यन्न सामाग्री वितरण गरेका हुन् ।

त्यस्तै होटल तथा रेष्टुरेन्ट व्यावसायि कपिलवस्तुले प्रगतिटोलका बाढि पिडित होटल व्यावसायीहरुलाई जनै १० हजारका दरले ७ जना व्यावसायि र उनका परिवारलाई भेटि पिडितलाई नगद वितराण गरेका थिए ।

व्यावसायीको सु.ख दु.ख मा साथ दिदै पिडितहरुका लागि थप राहतका लागि पहल गर्ने होटल तथा रेष्टिुरेन्ट व्यावसायी संघका उपाध्यक्ष गोपाल बहादुर खत्रीले बताए ।

युवा संघ नेपाल बाणगंगा नगरकमिटिले बाढिले क्षति पूर्याएको क्षेत्र मोतिपुर १३ डाँडागाँउमा राहत वितरण गरेको छ । त्यस ठाँउका एक सय ५ घर परिवारलाई चामल, आलु, चाउचाउ लगाएतका खाद्यान्य साम्रगी वितरण गरिएको युवा संघ नेपाल जिल्ला कमिटिका सदस्य तथा बाणगंगा ३ का पार्टि सचिव कमल क्षेत्रीले जानकारी दिए ।

यता गत सोमबार देखी परेको अविरल बर्षाका कारण कपिलवस्तु लगायत आसपासका जिल्लाहरुमा भएको जनधनको क्षति प्रति नागरिक समाज कपिलवस्तुले दुःख व्यक्त एवम पिडीत प्रति सहानुभुती व्यक्त गरेको छ ।

विपदको घडीमा सान्तवना दिँदै नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाइँले पिडीतहरुलाई छिटो भन्दा छिटो राहत, उद्धार तथा क्षतिपुर्तिको व्यवस्था गर्न सरकार सँग माग गर्नुभएको छ । अध्यक्ष पछाईले भारी बर्षा हुने सम्भावना रहेकोले सचेत रहन पनि सबैमा आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध विपद् व्यवस्थापनमा विश्व बैंकले नेपाल सरकारलाई १५० मिलियन डलर ऋण दिने रवि लामिछाने र छविलाल जोशीलाई म्याद थपका लागि एकसाथ अदालतमा पेस गरिँदै नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै इरानमाथिको आक्रमणले विश्वलाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी च्याम्पियन्स लिगमा बार्यन म्युनिखविरुद्ध बार्सिलोनाको शानदार जित मौसम पूर्वानुमान: पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी