ललित बोहरा | साउन १२, डडेल्धुरा | डडेल्धुरामा रक्तदान प्रतिको नकरात्मक भ्रम कम हुँदै गएको छ । नेपाल रेडक्रस सोसाईटी डडेल्धुरा जिल्ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | साउन १२, डडेल्धुरा | डडेल्धुरामा रक्तदान प्रतिको नकरात्मक भ्रम कम हुँदै गएको छ । नेपाल रेडक्रस सोसाईटी डडेल्धुरा जिल्ला"/>
१ माघ २०८२, बुधबार
डडेलधुरा - DDL

डडेल्धुरामा रक्तदान प्रतिको नकरात्मक भ्रम कम हुँदै

१२ श्रावण २०७३, बुधबार १५:०६

ललित बोहरा | साउन १२, डडेल्धुरा | डडेल्धुरामा रक्तदान प्रतिको नकरात्मक भ्रम कम हुँदै गएको छ । नेपाल रेडक्रस सोसाईटी डडेल्धुरा जिल्ला शाखाले आज ५१ औँ रक्त सञ्चार सेवा स्थापना दिवसको अवसरमा आयोजना गरेको एक कार्यक्रममा उक्त जानकारी गराईएको हो । 

ब्लड बैँक सञ्चालन गर्दै आएको रेडक्रसले ब्लड बैँक सञ्चालन गर्दाका बखत देखी अहिले सम्मको रगत संकलन तथ्याङ्क हेर्दा रक्तदाताहरु बढ्दै गएको र नागरिकहरुमा सोचाई पनि बिस्तारै परिवर्तन भईरहेको नेपाल रेडक्रस सोसाईटी डडेल्धुरा शाखाका मन्त्री डम्बर बहादुर भण्डारीले बताउनुभयो । दिवसको अवसरमा आयोजित उक्त रक्त सञ्चार सेवा प्रभावकारिता बिषयक अन्तरक्रिया कार्यक्रममा रेडक्रस डडेल्धुरा शाखाका सभापति शिवराज पन्त र प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले भने चेतनाको स्तर अझैँ कम भएको र भ्रमहरु धेरै भएकाले सचेतना तर्फ नागरिकहरुलाई उन्मुख गराउनु पर्नेमा जोड दिनु भएको थियो । 

यस्तै रक्त सञ्चार सेवा स्थापना दिवसको अवसर पारेर अधिकतम रगत दान गर्ने बिभिन्न रगत समुहका ८ जना र एक महिलासँगै संस्थागत रुपमा रक्तदानमा सघाउने संस्थाहरुलाई समेत सम्मानपत्र प्रदान गरिएको छ । जसमा बेला–बेलामा रक्तदान आयोजना गर्ने रेडियो अमरगढी, पारामेडिकल क्याम्पस, ह्वाइट पार्क कलेज, डिसिआईस डडेल्धुरा, रेडक्रस सोसाइटि उपशाखा उग्रतारा र रेडक्रस सोसाइटि उपशाखा किर्तिपुर लगायतका अन्य १४ संस्थाहरु रहेका छन ।

कार्यक्रममा रेडक्रस डडेल्धुरा शाखाका ब्लड बैँक टेक्नोलोजिष्ट गणेश ऐरले तीन बर्ष पहिले अर्थात २०७० मा ब्लड बैँक स्थापना भएसँगै गएको असार मसान्त सम्म चार सय ३० पिन्ट रगत संकलन भएको जानकारी दिनुभयो । स्थापनाको पहिलो बर्ष ५२ पिन्ट रगत संकलन भएकोमा गत आर्थिक बर्षमा एक सय १८ पिन्ट रगत संकलन भएको उहाँले बताउनु भयो । ब्लड बैँकमा संकलित रगत अधिकतम उपक्षेत्रीय अस्पतालमा खपत हुने गरेको र बढी संकलन भएमा बाहिरी जिल्लाहरुमा पनि पठाउने गरिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा उपक्षेत्रीय अस्पताल डडेल्धुरामा महिनामा औषतमा २५ पिन्ट रगत खपत हुने गरेको जानकारी गराईएको थियो । अस्पतालले हाल प्रदान गरिरहेका सेवा अनुसार ब्लड बैँक मार्फत रगत माग अनुसार आपुर्ती भईरहेको अस्पतालका एक जना मेडिकल सुपरिटेण्डेन्टले जानकारी गराउनु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव