२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

२०७७, २७ भाद्र शनिबार ०७:१६

भदौ २७, बैतडी | बैतडीमा एक बालिकामाथि जबरजस्ती करणीको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको सुर्नया गाउँपालिका–८ का ३१ वर्षीय अर्जुन साउद र कैलालीको गोदावरी नगरपालिका–२ का ३० वर्षीय वासुदेव पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

अर्जुनले जिल्लाको पुर्चौडी नगरपालिकाकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको र वासुदेवले त्यसमा अर्जुनलाई सहयोग गरेको आरोप लागेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिनुभयो । शुक्रबार इलाका प्रहरी कार्यालय पाटन पुगेर बालिकाकी आमासहित आफन्तले जबरजस्ती करणीको जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ । जाहेरीपछि प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो । घटनामा सङ्लग्न दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट शुक्रबार नै पाँच दिन म्याद थप गरिएको छ । पीडित बालिका आमासँग घर फर्किएकी प्रहरीले जनाएको छ ।  

यसअघि भदौ २४ गते पनि  जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले शिक्षक, कर्मचारीसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ