2026-07-25 04:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरीलाई पोसाकदेखि सलामीसम्ममा नियम

भदौ २९, काठमाडौं । प्रहरी संगठनभित्र के कसरी काम कारबाही सञ्चालन गर्ने भन्नेबारे आचार संहिता जारी गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश २०७७ आइतबार सार्वजनिक गरेका हुन् ।

सो कार्यादेशमा प्रहरी संगठनभित्र रहँदा पालना गर्नुपर्ने अनुशासन, सम्मान तथा आवश्यक नियमबारे उल्लेख गरिएको छ । कार्यादेश जारी गर्दै प्रहरी महानिरीक्षक थापा क्षत्रीले निर्माण भएका कार्यादेश र निर्देशिकाहरूले संगठनलाई सही मार्गमा लैजान दुरगामी रूपमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे ।

‘कार्यादेश र निर्देशिकाले संगठनलाई सही मार्गमा लैजान दुरगामी रूपमा सकारात्मक असर पार्छ, यसले प्रहरीको छविलाई थप राम्रो बनाउन मद्दत गर्छ,’ कार्यादेश सार्वजनिक गर्दै प्रहरी महानिरीक्षक थापा क्षत्रीले भने ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले प्रहरी संगठनभित्रको आचरण र व्यवहारका सन्दर्भमा आचारसंहितासम्बन्धी कार्यादेश जारी गरिएको र सो कार्यादेशले संगठनलाई अनुशासित र जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास लिइएको बताए ।

‘प्रहरी संगठनभित्रको विभिन्न नियम पालनाका सन्दर्भमा आचारसंहितासम्बन्धी कार्यादेश जारी गरिएको हो । कार्यादेशले संगठनलाई अनुशासित र जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास छ,’ प्रहरी प्रवक्ता कडायतले राजधानीसँग भने ।

कार्यादेशमा जनसम्पर्क तथा भेटघाटसम्बन्धी व्यवहार, अनुशासन र भाइचारा, कानुनको पालना, सञ्चार माध्यमसँगको सम्बन्ध, पोसाकप्रतिको व्यवहार, राष्ट्रिय झन्डाप्रतिको सम्मान, सलामीसम्बन्धी व्यवस्था र सम्मान तथा भान्छामा गरिनुपर्ने व्यवहारलगायतलाई स्पष्ट पारिएको छ ।

कार्यक्रममा महानिरीक्षक क्षत्रीले प्रहरी संगठनमा व्यावसायिकता नै मुख्य भएकाले सडकमा समेत व्यावसायिकता देखिने गरी काम गर्न उपस्थित प्रहरी अधिकृतलाई निर्देशन दिए । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली