२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

झापा : दुवै मिर्गौला खराब भएका दुई महिलाको उपचारमा आर्थिक अभाव

२०७७, ३० भाद्र मंगलवार ०३:०५

भदौ ३०, झापा (रासस) : मेचीनगर नगरपालिकाका आर्थिकरूपमा विपन्न दुई महिलाको दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक अभाव भएको छ ।

मेचीनगर–१० की १७ वर्षीया अरिस्ता परियार र मेचीनगर–९ की ३० वर्षीया निर्मला ढुङ्गानाको दुवै मिर्गौला खराब भएको हो । उहाँहरुको हप्तामा दुईपटक डायलासिस गरिँदै आएको छ ।

धुलाबारी माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दै गरेकी अरिस्ताको उपचारमा आर्थिक अभाव भएकाले सहयोगका लागि मेचीनगर–९ का वडाध्यक्ष गोपाल खड्काको संयोजकत्वमा सहयोग समिति गठन गरिएको आमा लक्ष्मी परियारले बताउनुभयो । दुवै मिर्गौला खराब भएकी निर्मला ढुङ्गानालाई चिकित्सकहरुले तत्काल मिर्गौला प्रत्यारोपण गर्न सल्लाह दिएको र छोरीका लागि एउटा मिर्गौला दिन आफू तयार रहेको आमा लक्ष्मीमाया ढुङ्गानाले बताउनुभयो ।

विवाह गरेको तीन महिनापछि निर्मलालाई मिर्गौलामा खराबी देखापरेको थियो । उहाँको उपचारमा रु २० लाखभन्दा बढी खर्च भइसकेको पारिवारिक स्रोतले जनाएको छ । उहाँको उपचारमा सहयोग जुटाउन गिरिराज धमलाको संयोजकत्वमा बचाउ समिति गठन गरिएको छ ।

मिर्गौला खराब भएपछि डायलासिस र औषधि निकै महङ्गो पर्ने र नयाँ मिर्गौला प्रत्यारोपण खर्च अरिस्ता र निर्मलाजस्ता विपन्न परिवारले धान्न नसक्ने मेची उद्योग वाणिज्य सङ्घका महासचिव ध्रुव कनालले बताउनुभयो । मिर्गौला खराबी भएर थलिएका अरिस्ता र निर्मलालाई नयाँ मिर्गौला प्रत्यारोपण गर्न आवश्यक भएको हुँदा आर्थिक सहयोग जुटाउन अपिल गरिएको कनालले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश