2026-07-24 09:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान : यी ४ कम्पनीका गुणस्तरहीन स्यानिटाईजर प्रयोग नगर्नुहोला

भदौ ३१, काठमाडौं । औषधि व्यवस्था विभागले मानव स्वास्थ्यकालागि हानीकारक मिथानोल मिश्रति चार कम्पनीको  गुणस्तरहीन स्यानिटाईजर प्रयोग नगर्न सर्वसाधरणलाई अनुरोध गरेको छ । चीन र भारतबाट आयात भएका दुई कम्पनी र ललतिपुर तथा काठमाडौंका दुई कम्पनीका स्यानिटाइजर गुणस्तरहीन पाइएकोले प्रयोग नगर्न विभागले अनुरोध गरेको छ । 

नेपालमा आयात भएका चीनमा बनेको ओपकल नन वासिङ इन्टिब्याक्टेरियाल सोलुसन १२० एमएल र पामाकेयर स्ट्याण्ड हृयाण्ड स्यानीटाइजर ६० एमएलमा विषाक्त गुणस्तर पाइएको हो ।

त्यस्तै काठमाडौंका कारखाना रहेको यूनिकेयर इन्स्ट्याण्ड हृयाण्ड स्यानिटाईजर ६५ एमएल तथा ललितपुरमा बनेको सासा इन्स्ट्याण्ड हृयाण्ड स्यानिटाईजर  ५० एमएलमा कम गुणस्तर पाइएको विभागले जनाएको छ । यूनिकेयर र सासामा मेथानोलको मात्रा क्रमशः ५५ प्रतिशत तथा ३९.३४ प्रतिशत पाइएको थियो ।

यस्तै चीनबाट आएको ओपकलमा इथानोलको मात्रा ६८ प्रतिशत पाइएको थियो भने भारतको गुजरातमा बनेको पामाकेयारमा ६६ प्रतिशत इथानोलल भएको भेटिएको थियो । यसअघि पनि पाँच वटा कम्पनीको स्यानिटाइजरमा पनि यस्तै रसायन भेटिएको थियो ।

कम गुणस्तर तथा हानीकारक विषाक्तयुक्त स्यानिटाईजरको बिक्री वितरण रोक्न र बजारमा भएको स्यानिटाईजर तुरुन्त फिर्ता लैजान विभागले उत्पादकलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक