प्रेम सुनार | साउन –१३, गुल्मी ।  गत केहि दिन देखिको अविरल वर्षका कारण गुल्मीको अग्लुङ्ग र दर्लिङ्ग गाविसका दर्जनौं घरहरु पहिरोले उच्च जोखिममा पारेको छ भने कैयौं परिवारहरु विस्थापित भएका छन् ।

दर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | साउन –१३, गुल्मी ।  गत केहि दिन देखिको अविरल वर्षका कारण गुल्मीको अग्लुङ्ग र दर्लिङ्ग गाविसका दर्जनौं घरहरु पहिरोले उच्च जोखिममा पारेको छ भने कैयौं परिवारहरु विस्थापित भएका छन् ।

दर"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

दर्लिङ्ग र अग्लुङ्गमा दर्जनौ घर जोखिममा

१३ श्रावण २०७३, बिहीबार ०४:०१

प्रेम सुनार | साउन –१३, गुल्मी ।  गत केहि दिन देखिको अविरल वर्षका कारण गुल्मीको अग्लुङ्ग र दर्लिङ्ग गाविसका दर्जनौं घरहरु पहिरोले उच्च जोखिममा पारेको छ भने कैयौं परिवारहरु विस्थापित भएका छन् ।

दर्लिङ्गबाट खिमलाल अर्यालले दिएको  जानकारी अनुसार दर्लिङ्ग वडा नम्वर ९ अड्डाँडाका जिवलाल घर्ति, एमबहादुर घर्ति, प्रेमबहादुर घर्ति, भुमिश्वर घर्ति, दुजमान घर्तिको घर पहिरोले उच्च जोखिममा पारेको छ ।

त्यस्तै सोही वडाको ढुकुरखोला निवासी डोरबहादुर बिक, चन्द्रबहादुर बिक, डोरबहादुर पाण्डेको घर पनि उच्च जोखिममा परेर ति परिवार छिमेकीको शरणमा वस्न बाध्य भएका छन् । 

उता अग्लुङ्ग गाविस  वडा नम्वर–४ का राजु परियार , विष्णु परियार , बलबहादुर परियार , जुठे परियार,  घनश्याम परियार , वोमबहादु बिक र रेशमबहादुर बिकको घर पनि पहिरोले उच्च जोखिममा पारेको छ  । 

अग्लुङ्ग–९ का  ओमप्रकास सुनार , चेतनारायण पुरीको घर पहिरोले बगाउँदा ति परिवारहरु विस्थापित भएर छिमेकीको शरणमा बस्न बाध्य भएका छन् ।  मलेशियामा कार्यरत अग्लुङ्ग –४ का राजु परियारले आफु टाढा भएको र परिवारजन पहिरोले घर बगाउँदा विचल्लीमा परेको भन्दै सवै संग सहयोगको अपिल गरेका छन् । अर्खवाङ्गमा पनि ठाउँ ठाउँमा पहिरोले जमिन भास्सीएर केहि वस्तीहरु जोखिममा परेको त्यहाँबाट कपिल रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव