साउन १३, बर्दिवास। कमला नदी तर्दा हराइरहेका महोत्तरी जिल्लाका तीनजना किशोर अझै भेटिएनन् । गत आइतबार बोलबम मेलाका लागि कमलाको उत्तरायणीमा पवित्र जल लिन जाँदा बाढीले बगाएर हराइरहेका तीनजना अझै नभेटिएपछि महोत्तरीको बर्दिवासमा चिन्ता छाएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, बर्दिवास। कमला नदी तर्दा हराइरहेका महोत्तरी जिल्लाका तीनजना किशोर अझै भेटिएनन् । गत आइतबार बोलबम मेलाका लागि कमलाको उत्तरायणीमा पवित्र जल लिन जाँदा बाढीले बगाएर हराइरहेका तीनजना अझै नभेटिएपछि महोत्तरीको बर्दिवासमा चिन्ता छाएको छ । 
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

हराइरहेका तीन किशोर अझै भेटिएनन्

१३ श्रावण २०७३, बिहीबार ०६:२६

साउन १३, बर्दिवास। कमला नदी तर्दा हराइरहेका महोत्तरी जिल्लाका तीनजना किशोर अझै भेटिएनन् । गत आइतबार बोलबम मेलाका लागि कमलाको उत्तरायणीमा पवित्र जल लिन जाँदा बाढीले बगाएर हराइरहेका तीनजना अझै नभेटिएपछि महोत्तरीको बर्दिवासमा चिन्ता छाएको छ । 

भोलिपल्टको सोमबारको बोलबम मेलामा बर्दिवास–१२ को टुटेश्वर महादेव मन्दिरमा पवित्र जल चढाउने उद्देश्यले गत आइतबार उत्तरायणी गएका बर्दिवास–१ का १७ वर्षीय सुरज तामाङ, बर्दिवास–११ ढुङग्रेका १६ वर्षीय धनराज बलम्पाकी र गौशालाका १९ वर्षीय शिवशङ्कर ठाकुर हराइरहेका छन् । उनीहरुसँगै बाढीमा बगेका बर्दिवास–१ का १७ वर्षीय मनोज योगीको शव भने सोमबार साँझ प्रहरीले उनीहरु तरिरहेको ठाउँबाट सात किलोमिटर तल कमलाको बगरमा भेटेको थियो । 

धनुषा र सिरहा जिल्लाको साँधमा पर्ने कमलाको बाढीमा बगेर हराइरहेका तीनै जनाको खोजी सिरहा र धनुषा प्रहरीको समन्वयमा भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए । 

धार्मिक उद्देश्यले रमाइलो बोलबम यात्रामा गएका आफ्ना बस्तीका युवाको यो घटनाले अहिले बर्दिवास र गौशालामा रुवावासी र विलाप सुनिने गरेको छ । मृत फेला परेका योगी र हराइरहेका तीनैजना घरसल्लाह नै नगरी लहडमा बोलबम मेलाका लागि गएका घरपरिवार र छिमेकीले बताएका छन् । बोलबम मेला रमाइलो मनाउन लहडमा निस्कने किशोर र भर्खर युवा उमेरमा प्रवेश गरेकाहरुमा होडबाजी नै देखिने गरेको बर्दिवास–१ का सामाजिक कार्यकर्ता कुर्महरि सुवेदीले बताए । 

किशोर र युवामा लहडमा यात्रा गर्ने र बाढीसँग पनि खेलाँची गर्ने बानीले बोलबम मेलाकै समयमा बर्सेनि कमला नदीको बाढीमा बगेर मृत्यु हुने र हराउने घटना हुँदै आएका छन् । यस्ता घटना बढ्न नदिन मेलाका बेला घरपरिवारले किशोर र भर्खरै युवावय टेकेका आफ्ना सन्तानबारे चासो राख्नुपर्ने इप्रका बर्दिवासका प्रनाउ शर्माको सल्लाह छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव