२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

सरसफाइ परिचयपत्र वितरण

२०७७, ३ आश्विन शनिबार ०४:०७

असोज ३, इलाम | इलामको माइजोगमाई गाउँपालिकाले स्थानीयलाई सरसफाइ परिचयपत्र वितरण गर्न शुरु गरेको छ । पहिलो पटक गाउँपालिका १ नयाँबजारका फुर्तेम्बा शेर्पालाई सरसफाइ उपभोक्ताको परिचयपत्र दिँदै अभियानको शुरु गरिएको हो । 

अभियान अन्र्तगत मापदण्ड पुगेका एक सय ५० घर परिवारलाई सरसफाइ उपभोक्ताको परिचय पत्र उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले बताउनुभयो । गाउँपालिकालाई सँधै सफा राख्न स्थानीयलाई सचेत गराउने उद्देश्यले परिचयपत्र वितरण गरिएको हो । नागरिकको स्वास्थ्यप्रति विशेष ध्यान दिँदै कार्यक्रमको थालनी गरिएको अध्यक्ष राईले बताउनुभयो । कोरोनाको समेत सङ्क्रमण बढिरहेकाले सरसफाइमा ध्यान दिनुपर्छ भन्ने सन्देश प्रवाह गर्न कार्यक्रम फलदायी हुने बताइएको छ । 

परिचयपत्र वितरणपछि प्रत्येक घरबाट मासिक सय रुपैया उठाउने र उक्त रकम सरसफाइमा खर्च गरिने बताइएको छ । शुल्क बापत बजारको फोहोर मैला सङ्कलन गरी डम्पीङ साइट लगिनेछ । उक्त अभियान सबै वडाका बजार, टोल हुँदै घरघरमा लागू हुनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश