साउन १३. टोकियो । पर्यटन प्रवद्र्धन गर्न परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासको विशेष सहयोग तथा गैरआवासीय नेपाली सङ्घ जापानको आयोजनामा साउन २२ र २३ गते गर्न लागिएको नवौँ नेपाल महोत्सवको तयारी पूरा भएको छ । 

नेपाल–जापान सम्बन्धको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३. टोकियो । पर्यटन प्रवद्र्धन गर्न परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासको विशेष सहयोग तथा गैरआवासीय नेपाली सङ्घ जापानको आयोजनामा साउन २२ र २३ गते गर्न लागिएको नवौँ नेपाल महोत्सवको तयारी पूरा भएको छ । 

नेपाल–जापान सम्बन्धको "/>

2026-07-25 01:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा नवौँ नेपाल महोत्सव

साउन १३. टोकियो । पर्यटन प्रवद्र्धन गर्न परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासको विशेष सहयोग तथा गैरआवासीय नेपाली सङ्घ जापानको आयोजनामा साउन २२ र २३ गते गर्न लागिएको नवौँ नेपाल महोत्सवको तयारी पूरा भएको छ । 

नेपाल–जापान सम्बन्धको ६०औँ वर्षगाँठको अवसरमा टोकियोको योयोगी पार्कमा आयोजना गरिने नेपाल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मूल आयोजक समितिका संयोजक तथा गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्ष सुदन थापाले जानकारी दिए । 

नेपाल र नेपाली चिनाउने महोत्सवका रुपमा लिइएको सो कार्यक्रमअन्तर्गत नेपाली कला, संस्कृति र नेपाली खाना तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरिने बताइएको छ । 

समितिका उपसंयोजक एवम् सङ्घका उपाध्यक्ष देवीलाल भण्डारीले महोत्सवमा चर्चित नेपाली तथा जापानी कलाकारको साङ्गितिक प्रस्तुति हुने जानकारी दिए । 

महोत्सव अवधिभर सबैजनालाई आआफ्नै कला सस्ंकृति र पहिचान झल्काउने पोसाकमा उपस्थित हुन आग्रह गरिएको छ । करिब ५० कक्ष राखिएको नेपाल महोत्सवको ४५ हजार नेपालीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ