२५ पुष २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई जना पक्राउ

११ आश्विन २०७७, आईतवार ०३:०१

असोज ११, कञ्चनपुर | भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुवै जनालाई सुनका गहनासहित पक्राउ गरेको हो ।

डोटी केआइसिंह गाउँपालिका–२ का २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेललाई सुनका गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो । 

उहाँका अनुसार दुवै जनाबाट ४४० ग्राम ६३० मिलीग्राम सुनका विभिन्न किसिमका तयारी गहना बरामद भएको छ । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अदालतको आदेशलगत्तै १० लाख बुझाएर अन्जला कोइराला रिहा लेखा समिति सभापति ऋषिकेशपत्नी अन्जलासँग १० लाख धरौटी माग बुवा र भाइको ज्यान लिने मिलन– ‘मलाई कम सजाय दिलाइदिनुस्, छुटेपछि मैले आमालाई हेर्नुपर्छ’ बङ्गलादेशले रद्द गर्‍यो शेख हसिनाको पासपोर्ट पर्यटन राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फेरि सर्‍यो निसु विपिनको रिहाइका लागि पहल गरिदिन इजरायली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह अस्ट्रेलियामा मृत्यु भएकी नर्स दीक्षाबारे नयाँ खुलासा लगातार दोस्रो दिन बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि ड्युटीमै ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु रवि लामिछाने पक्षका वकिलको बयान सकियो, हिरासतमुक्त होलान् ? मूलपानी क्रिकेट मैदानको स्रोत सुनिश्चितता गर्न निर्देशन बागमतीविरुद्ध आर्मीले जोड्यो पहिलो पालीमा २७६ रन, इमरान र बसिरले अर्धशतक हिर्काए गृहमन्त्री लेखकसहित ५ सांसदविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नमिल्नेमा अष्ट्रेलियाको सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु जय ट्रफी : मयनको अर्धशतकका बावजुद मधेसलाई पुलिसले गर्‍यो १२९ रनमै अलआउट वाईफाईबारे विवाद हुँदा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी काठमाडौंका कैदीलाई नुवाकोट सारिँदै, किन? गायक उदित नारायण बस्ने अपार्टमेन्टमा आगो लागेपछि… कुवेतमा निस्सासिएर २ नेपाली महिला श्रमिकको मृत्यु पोल्याण्ड पठाइदिन्छु भन्दै ८० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ