२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी : चालकमा कोरोना, नगरपालिका सिल

२०७७, १३ आश्विन मंगलवार ११:२६

बैतडीको मेलौली नगरपालिकालाई सिल गरिएको छ । आज नगरपालिकामा कार्यरत एक कर्मचारी र भारतबाट फर्केका एक स्थानीयवासीमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि  नगरक्षेत्र सिल गरिएको हो । आज बसेको आकस्मिक असोज १३, बैतडी (रासस) । बैठकले असोज १७ गते राति १२ बजेसम्मका लागि नगरक्षेत्र सिल गर्ने निर्णय भएको मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी  दिनुभयो । 

उहाँँँले भन्नुभयो, “सङ्क्रमण पुष्टि भएका व्यक्तिको कन्ट््याक्ट टे«सिङ गरी स्वाब सङ्कलन गर्ने कार्य हुने भएकोले नगरक्षेत्र सिल गरिएको हो ।” नगरपालिकाको गाडीको चालकमा कोरोना पुष्टि भएपछि स्वास्थ्य र आकास्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द रहने मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिनुभयो । 

सिल गरिएको अवधिमा नगरपालिकामा रहेका सबै विद्यालय, वित्तीय संस्था, सरकारी कार्यालय बन्द रहने भएका छन् । यस्तै सबै प्रकारका व्यापार, व्यवसाय र यातायात सेवा पनि बन्द गर्ने निर्णय भएको छ । यसका साथै आवतजावतमा पनि पूर्णरुपमा बन्द गरिएकाले एक वडाबाट अर्काे वडामा पनि आउनजान पनि रोक  लगाइएको छ । मेलौलीमा हालसम्म ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा दुई जना मात्र सक्रिय सङ्क्रमित छन् ।

आज थप तीन जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मेलौली नगरपालिकाका दुई र दशरथचन्द नगरपालिकाका एक गरी तीन जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि हुनेमा मेलौली नगरपालिकामा कार्यरत २४ वर्षीय पुरुष कर्मचारी, मेलौली नगरपालिका–८ का ३० वर्षीय पुरुष र दशरथचन्द नगरपालिका–९ का ३६ वर्षीय पुरुष रहेका छन् । 

सङ्क्रमण पुष्टि हुने कर्मचारी नगरपालिकाको गाडीको चालक र अन्य दुई जना भारतबाट फर्किएका व्यक्ति रहेको स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताउनुभयो । यो सँगै बैतडीमा सङ्क्रमितको सङ्ख्या ४०९ पुगेको छ । जसमध्ये हाल ३१ जना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् । एक जनाको भने कोरोना सङ्क्रमणकै कारण ज्यान गएको छ ।

हालसम्म जिल्लाको पञ्चेश्वर गाउँपालिकाका सबैभन्दा बढी ६१ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै दशरथचन्द नगरपालिकाका ५६, सिगास गाउँपालिकाका ५१, शिवनाथ गाउँपालिकाका ५०, पाटन नगरपालिकाका ४९, दोगडाकेदार गाउँपालिकाका ४६ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

यस्तै मेलौली नगरपालिकाका ३६, सुर्नया गाउँपालिकाका २८, पुर्चौंडी नगरपालिकाका २० र डिलाशैनी गाउँपालिकाका १० जनामा सङ्क्रमण पुष्टि भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ