Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

कवाडी खोलामा बगेर एकै परिवारका पाँच जना बेपत्ता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>असोज १६, बाजुरा (रासस) । हिमाली गाउँपालिका – ५ को कवाडी खोलामा बगेर एकै परिवारका पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कवाडीका धर्म नेपालीकी श्रीमती ३० वर्षीया सत्तालगायत उनका तीन छोरी र एक छोरा छन् ।</p><p>आज अपराह्न छोराछोरीसमेत लिएर खोलामा नुहाउन गएका बेला छोराछोरी र आमा समेत बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिनुभयो । </p><p>बेपत्ता हुनेमा पाँच वर्षीया आरती,&nbsp; चार वर्षीया सन्तोषी, दुई वर्षीय सम्मान&nbsp; र&nbsp; एक वर्षीया किस्मती रहेको बताइएको छ&nbsp; ।</p><p>सोही खोलामा करीब दुई महिना अगाडि एक बालिका बगेर बेपत्ता भएकी थिइन् । बेपत्ता भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।</p>