२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

विस्थापित दलित समुदायको गुनासो

२०७७, १८ आश्विन आईतवार ०३:३६

असोज १८, जाजरकोट | भेरी नगरपालिका–११ कटीगाउँका १२५ घरधुरीका दलित समुदायले आफूहरु ऋणमा डुबेर विस्थापित भएको गुनासो गरेका छन् । दैनिक जीवन निर्वाहका लागि साहुसँग ऋण लिएको र तीर्न नसकेपछि उठीवास भएको भन्दै उनीहरुले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसमक्ष गुनासो गरेका हुन् । स्थानीय साहुले ब्याजमाथि ब्याज लगाएर दलित समुदायलाई ऋणबाट उठ्न नसक्ने गरी गाउँ छोड्न बाध्य पारेको मन्त्री बस्नेतसमक्ष पेश गरिएको ज्ञापनपत्रमा उल्लेख छ । अहिले साहुको ऋण तिर्नका लागि दलित समुदाय गाउँ छाडेर भारतमा पुगेका छन् । “उनीहरुले भारतबाट पठाएको रकमबाट ब्याजमात्र तिर्न सक्ने अवस्था हुन्छ, मुख्य ऋण भने कहिले तिरिन्छ थाहा छैन”, अधिकारकर्मी शिला नेपालीले भन्नुभयो ।

प्रतिपरिवार रु पाँच लाखभन्दा बढी ऋण भएपछि उनीहरु ऋण तिर्न नसकेर विस्थापित भएका हुन् । स्थानीय साहुबाट जीवन बाँच्नका लागि ल्याइएको खाद्यान्न र लत्ताकपडाको रकम तिर्न नसक्दा ऋणमा डुब्नुपरेको पीडित जीतबहादुर विकले बताउनुभयो । ज्ञापनपत्र बुझाउँदै ऋणको सत्यतथ्य छानबिन गरी सो तिर्ने व्यवस्थापन गर्न, विस्थापित दलित समुदायलाई गाँस, बास र कपासको व्यवस्था गरी स्थापित गर्न र सहकारीमार्फत आर्यआर्जनमा जोडी रोजगारीको ग्यारेन्टी गर्नसमेत माग गरिएको छ ।

त्यस्तै निःशुल्क शिक्षा कार्यान्वन गरी शिक्षामा पहुँच वृदि गर्न माग गरिएको छ । जनचेताको विकास गर्न सचेतनामूलक तालिमको व्यवस्था गर्न आग्रह गरिएको छ । माध्यमिक शिक्षा उत्तीर्ण विद्यार्थीलाई उच्च शिक्षा पढ्नका लागि व्यवस्थापन गर्नसमेत माग गरिएको छ । गत असारमा भारतबाट आएका केही परिवार गाउँमा टिक्न नसकेर फेरि विस्थापित भएको स्थानीयवासी नरबहादुर कामीले बताउनुभयो ।

गाउँ छाड्न बाध्य छन् उनीहरु  

साहुबाट लिएको ऋण तिर्न नसकेर भेरी नगरपालिका–११ कट्टीगाउँमा दर्जन स्थानीय दलित समुदाय विस्थापित भएका छन् । एक सय २५ घरधुरी भएको कट्टीगाउँका दलित समुदायले दैनिक जनजीविका चलाउनका लागि लिएको ऋण तिर्न नसक्दा भारतमा विस्थापित हुनुपरेको हो ।

आफ्नो खेतबारीमा उत्पादन भएको अन्नले तीन महिना खाना नपुग्ने कट्टीगाउँका स्थानीयवासी दलित समुदाय साहुबाट ऋण लिएर दैनिक गुजारा चलाउँदै आएका छन् । यसरी लिएको ऋण तिर्न नसक्दा केही दलित समुदायका स्थानीयवासी विस्थापित हुनुपरेको दलबहादुर विकले बताउनुभयो । उनीसँगै जनज्योति आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्ने दलबहादुरका छोरा पारस विक भारतमा काम गरिरहेका छन् । साहुको ऋण तिर्ने अवस्था भएमा मात्र गाउँमा आउने उनीहरुको भनाइ छ । यस समुदायका अधिकांश बालबालिका कक्षा ३ मा पढेर विद्यालय छाड्ने गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय निरन्तरता दिन नसकेको स्थानीयवासी युवा अमृत विकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दलित समुदायभित्र कक्षा १२ पास गरेका म मात्र हुँ, अरु कोही छैन ।” उहाँले दिएको जानकारीअनुसार आधा दर्जन स्थानीयवासीको जग्गा साहुले आफ्नो नाममा लिएपछि जीवन निर्वाहका लागि भारत गएका छन् । कट्टीगाउँका वीरमान विक, धर्मबहादुर विक, केशव विक, कर्णबहादुर विकलगायत अन्य स्थानीयवासी साहुको ऋण तिर्न नसकेर साहुलाई जग्गा पास गरी भारत विस्थापित भएका हुन् ।

उनीहरुको जग्गा स्थानीय यदुप्रसाद शर्मा, हरिप्रसाद शर्मालगायत अन्य पसल गरेका स्थानीयवासीले नाममा लिइसकेका छन् । उहाँहरुको पसलबाट लिएको खाद्यान्न, लत्ताकपडा आदिको ऋण तिर्न दलित समुदायका स्थानीयवासीले नसकेपछि जग्गा नै पास गरेर आधा दर्जन दलित समुदायका मानिस भारत पलायन भएका छन् । दलित बस्तीमा विद्युत् पुगे पनि दलित समुदायले प्रयोग गर्न पाएका छैनन् । स्थानीय अधिकारकर्मी पार्वती विकले भन्नुभयो, “पढ्ने वातावरण र आर्थिक नहुँदा दलित समुदायका मानिस अहिलेको जमानामा पनि शिक्षा पाउनबाट बञ्चित छन्, गरिबको चरम पीडामा छन्, यो समस्याबाट मुक्ति दिलाउन सबैले ध्यान दिनुपर्यो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने