१० चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार नाघ्यो

२१ आश्विन २०७७, बुधबार १५:२५

असोज २१, कर्णाली (रासस) । कोरोना भाइरसबाट सङ्क्रमित हुने क्रम बढ्दै गएपछि कर्णालीमा सङ्क्रमित हुनेको सङ्ख्या चार हजार नाघेको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार सङ्क्रमितहरुको सङ्ख्या आज ६९ थपिएका छन् ।

आज ६९ व्यक्तिमा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या चार हजार ३७ पुगेको स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिनुभयो ।  

कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल र चौजहारी पिसीआर प्रयोगशालामा गरिएको आरटी पिसीआर परीक्षणमा सुर्खेतका ५४, दैलेखका पाँच, डोल्पाका दुई, रुकुमपश्चिम र जुम्लाका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक शाहीले बताउनुभयो । “आज ४४ व्यक्ति कोरोना निको भएर घर फिर्ता भएका छन्,” उहाँले भन्नुभयो, “४४ व्यक्ति फिर्ता भएसँगै तीन हजार २२९ व्यक्ति भने सङ्क्रमणमुक्त भएका छन् ।” 

सङ्क्रमितहरुमा कन्ट्याक्ट टे«सिङ परेका २८, विद्यार्थी नौ, सैनिक सात, कर्मचारी, सुनचाँदी पसले, बिरामी दुई—दुई, वैदेशिक रोजगार, व्यापारी, स्वास्थ्यकर्मी, पत्रकार, निर्माण व्यवसायी, सहकारी र प्राध्यापक एक—एक जना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी प्रदेशका विभिन्न आइसोलेशनमा ७८२ जना सङ्क्रमित रहेको उहाँले जनाउनुभयो । हालसम्म कर्णालीमा कोरोना सङ्क्रमणबाट १० जना व्यक्तिको मृत्यु भएको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घरमा बाल्न भन्दै काठमाडौँको सडकबाट ‘बल्ब’ चोरेपछि… भेटी टिप्ने क्रममै विवाद भएपछि राईको हत्या नेपालमा एमसीसी परियोजनाले निरन्तरता पाउने, अमेरिकाले फेरि दियो अनुमति लेबनानमा इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु, २८ जना घाइते बेपत्ता भारतीय युुवक कालीगण्डकीमा मृत फेला पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाको सभापति बन्न देउवाको सुझाव दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग कानुन उल्लंघन गर्नेमाथि कठोर बन्दै साउदी सरकार : एक हप्तामा २५ हजार अवैध आप्रवासी पक्राउ अमेरिकामा गोली चल्दा ३ जनाको मृत्यु, १५ घाइते करेन्ट लागेर गोरखामा एक जनाको मृत्यु सुशान्तको मृत्यु प्रकरण: सीबीआईले बुझायो अन्तिम प्रतिवेदन काठमाडौँमा बसले किच्दा एक व्यक्तिको मृत्यु बसको सिटमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो नाउपाको बैठकमा सीके राउतको सम्बोधन, रेशम र रञ्जिताबारे के भने ? भिम रावलले उठाए ओली नेतृत्वको सरकारले गरेका काममा प्रश्न प्याजको भाउ बढ्यो, कति पुग्यो किलोको? भक्तपुरमा ढुंगाले हिर्काएर एक पुरूषको हत्या तालिबानको दाबी- अमेरिकाले हाम्रा ३ नेताविरुद्ध घोषित इनाम हटायो पश्चिमी वायुको प्रभाव कायमै, वर्षा र हिमपातको संभावना के छ ? आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?