2026-10-15 07:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार नाघ्यो

असोज २१, कर्णाली (रासस) । कोरोना भाइरसबाट सङ्क्रमित हुने क्रम बढ्दै गएपछि कर्णालीमा सङ्क्रमित हुनेको सङ्ख्या चार हजार नाघेको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार सङ्क्रमितहरुको सङ्ख्या आज ६९ थपिएका छन् ।

आज ६९ व्यक्तिमा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या चार हजार ३७ पुगेको स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिनुभयो ।  

कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल र चौजहारी पिसीआर प्रयोगशालामा गरिएको आरटी पिसीआर परीक्षणमा सुर्खेतका ५४, दैलेखका पाँच, डोल्पाका दुई, रुकुमपश्चिम र जुम्लाका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक शाहीले बताउनुभयो । “आज ४४ व्यक्ति कोरोना निको भएर घर फिर्ता भएका छन्,” उहाँले भन्नुभयो, “४४ व्यक्ति फिर्ता भएसँगै तीन हजार २२९ व्यक्ति भने सङ्क्रमणमुक्त भएका छन् ।” 

सङ्क्रमितहरुमा कन्ट्याक्ट टे«सिङ परेका २८, विद्यार्थी नौ, सैनिक सात, कर्मचारी, सुनचाँदी पसले, बिरामी दुई—दुई, वैदेशिक रोजगार, व्यापारी, स्वास्थ्यकर्मी, पत्रकार, निर्माण व्यवसायी, सहकारी र प्राध्यापक एक—एक जना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी प्रदेशका विभिन्न आइसोलेशनमा ७८२ जना सङ्क्रमित रहेको उहाँले जनाउनुभयो । हालसम्म कर्णालीमा कोरोना सङ्क्रमणबाट १० जना व्यक्तिको मृत्यु भएको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने