Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

भालुबाङको भाग्य चम्कियो

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज २२, काठमाडौं । वर्षैंदेखि पुर्जा विहीन भालुबाङले कहिले पनि प्रदेशको स्थायी राजधानीको परिकल्पना गरेको थियो। पूर्व–पश्चिम महेन्द्र राजमार्ग निर्माणका क्रममा मजदुरहरूले त्रिपाल टाँगेर बस्ती विकास भएको ‘अस्थायी भालुबाङ’ को चिन्तन एउटा मात्रै थियो ‘स्थायी लालपुर्जा’। लामो समयदेखिको अथक प्रयासका बाबजुत लालपुर्जा हात नपर्नुले भालुबाङलाई जहिल्यै ‘अभागी’ महशुस गरायो। तर, त्यहीँ ‘अभागी’ अस्थायी भालुबाङ मंगलबार भाग्यमानी सावित भयो।

प्रादेशिक राजधानीको प्रमुख हिस्सेदार (केन्द्र) बनेको भालुबाङले पाएको यो अमूल्य हिस्सा उसकै लागि ‘अकल्पनीय’ बन्यो। ‘बस्तीको लालपुर्जासम्म पाउन नसकेको भालुबाङले प्रादेशिक राजधानी पाउला भन्ने त कल्पनाभन्दा बाहिरको कुरा थियो,’ स्थानीय ताराबहादुर डाँगी भने, ‘यो अनुपम उपहार भालुबाङका लागि अकल्पनीय नै हो।’

पहिलो प्रतिनिधिसभा÷प्रदेशसभाको निर्वाचनको समयमा जिल्लाका अन्य भेगमा जस्तै भालुबाङमा ‘दाङ राजधानी’ को नारा प्रमुख चुनावी अजेण्डाका रूपमा घन्कीयो। आँफूलाई भेगीय रूपमा उपेक्षित महशुस गर्दै आएको भालुबाङले त्यो बेलाको नारामा उल्लेख भएको ‘राजधानी’लाई आँफूसँग प्रत्यक्ष रूपमा जोडेर हेर्न सकेन।

‘दाङ उपत्यका दक्षिण एशियाकै ठूलो उपत्यका रहेकाले राधजानी भइहाले पनि त्यहीँ उपत्यकामा बस्छ भन्नेमा हामीहरु ढुक्क थियौँ।’ ताराले भने, ‘निर्वाचन पश्चात् दाङ राजधानीका पक्षमा भालुबाङमा पनि आगो बल्यो।

दाङको घोराही, तुलसीपुरको आन्दोलन जस्तै भालुबाङले पनि पूर्वी सीमा क्षेत्रमा ठूलो शक्ति देखायो। तर साविक लुम्बीनी अञ्चलको सीमा क्षेत्रमा शक्ति प्रदर्र्शन गरेको भालुबाङलाई त्यो बेला पनि राजधानी केन्द्रको अपेक्षा थिएन।’ यो समाचार आजको नागरिक दैनिकमा देवेन्द्र बस्नेतले लेखेका छन् ।