२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ : छापडाँडादेखि रसुवाघाटसम्म बस सञ्चालन

२०७७, २६ आश्विन सोमबार ०२:५०

असोज २६, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित छापडाँडाबाट  खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकोे रसुवाघाटसम्म पहिलो पटक बस सेवा सञ्चालनमा ल्याइएको छ ।  दशै÷तिहार पर्वको अवसर पारेर आफ्नो घर आवतजावत गर्ने सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै आइतबारदेखि नियमित बस सेवा सञ्चालनमा ल्याइएको हो । 

हलेसी तुवाचुङ–११ राजापानीको भाडबेँसीमा आयोजित कार्यक्रममा स्थानीय ९९ वर्षीया तुलसा बुढाथोकी, नगरप्रमुख इवन राई र उपप्रमुख विमला राईले बस सेवाको औपचारिक शुभारम्भ गर्नुभएको थियो । छापडाँडाबाट–हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार–भण्डारेघाट–रमाईलो हुँदै रसुवाघाटसम्म खोटाङ यातायात प्रा.लि.को बस सञ्चालन हुने जनाइएको छ । 

छापडाँडाबाट दैनिक बिहान ६ बजे र रसुवाघाटबाट छापडाँडाका लागि दैनिक बिहान साँढे ११ बजे नियमित बस छुट्ने कार्यतालिका निर्माण गरिएको खोटाङ यातायात प्रा.लि.का वरिष्ठ उपाध्यक्ष टेकेन्द्र राईले जानकारी दिनुभयो । छापडाँडाबाट रसुवासम्मका लागि रु ४५० भाडा निर्धारण गरिएको यातायात प्रा.लि.ले जनाएको छ । 

खोटाङ र उदयपुरको सीमानामा पर्ने फोक्सिङटारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडान भएपछि छापडाँडा–गाईघाट सिधा बस सञ्चालन गरिने जनाएको छ । हालै निर्माण सम्पन्न गरिएको उक्त सडक खण्डमा बस सेवा सञ्चालन भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । 

यातायात सञ्चालन नहुँदा कठिन यात्रा गरिरहेका सर्वसाधरणलाई उक्त सडक खण्डमा नियमित यातायात सञ्चालन भएपछि यात्रा सहज भएको छ । दैनिक बस सेवा शुरु भएपछि स्थानीय बासिन्दाले उत्पादन गरेका अन्नबाली, फलफूल लगायत बाहिर निर्यातसमेत हुने अपेक्षा गरिएको छ । 

दश स्थानीय तह रहेको जिल्लाका अन्य ग्रामिण सडक पनि दशैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । जिल्लाका सबै स्थानीय तहले अहिले अवरुद्ध सडक खुलाउनका लागि मर्मतको कामलाई तीव्रता दिएका छन् । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सबै ग्रामिण सडकमा करीब छ महिनामात्र यातायात सञ्चालन हुने गरेको छ । भर्खरै कालोपत्रको काम सम्पन्न गरेर सञ्चालनमा ल्याइएको मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने दिक्तेल–हलेसी सडक खण्डमा मात्रै बाह्रै महिना नियमित यातायात सञ्चालन हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो