२ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्य नाका बन्द हुँदा पनि भारततर्फ बाक्लो आवतजावत

२७ आश्विन २०७७, मंगलवार ०५:५४

असोज २७, सर्लाही | जिल्लाको सीमावर्ती क्षेत्रका नागरिक भारतीय बजारसम्म बाक्लो मात्रामा आवतजावत गरिरहेका छन् ।

मुख्य सीमानाका बन्द रहे पनि सहायक बाटो र खेतबारीबाट मानिसको ओहोरदोहोर बाक्लिएको छ । स्थानीयस्तरमा बजार नरहेको, भारतीय बजारमा दैनिक उपभोग्य सामान सस्तोमा पाउने र चाडपर्व नजिकिँदै गएका कारण पनि सीमावर्ती क्षेत्रका बासिन्दा सीमापारि भारतीय बजारमा निस्फिक्री जाने गरेका छन् ।

जिल्लाको सीमावर्ती क्षेत्रका अधिकांश स्थानीय तहमा ठूलाखाले बजार नभएका कारण पनि किनमेल गर्न सो क्षेत्रका स्थानीयवासी सीमापारि जान बाध्य भएका हुन् । मुख्य नाका बन्द रहेका कारण खेतबारी र खोलाको बाटो भएर दैनिक सयौँ मानिस किनमेलका लागि भारतीय बजार पुग्ने गरेको बलरा नगरपालिकाका प्रमुख अभयकुमार सिंहले बताउनुभयो ।

सीमावर्र्ती गाउँका बासिन्दालाई नुन, तेल किन्नदेखि औषधोपचार गर्न भारतीय बजार नै नजिक पर्छ । अन्त सबैतिर ओहोरदोहोर भइरहँदा मुख्य नाकामात्रै बन्द गरिँदा बिरामी परेर झट्ट सीमापारि जानुपर्नेहरु अप्ठयारोमा परिरहेको उहाँको भनाइ छ । जिल्लाको सीमावर्ती दक्षिणी भेगमा पर्ने गोडैता, विष्णु, रामनगर, कौडेना, मलङ्गवा, ब्रम्ह्मपुरी, पर्सा, हरिपूर्वालगायत स्थानीय तहका दैनिक सयौँको सङ्ख्यामा स्थानीयवासी किनमेलका लागि भारतीय बजार पुग्ने गरेको ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष  विनोदकुमार साहले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले वर्षाँैदेखिको रीति रोकेर वारिपारि हुने आवागमन ठप्प नै पार्न नसकिने बताउनुभयो । व्यवहारिक समस्या हेरेर काजकीरिया, औषधोपचारजस्ता कार्यका लागि आवतजावत गर्न दिएको भए पनि सरकारले निर्णय नगरेसम्म मुख्य सीमानाका नै खुला गर्न नसकिने प्रजिअ पौडेलले बताउनुभयो । प्रजिअ पौडेलका अनुसार भारतबाट मुख्य नाका हुँदै विभिन्न मालसामान भने दैनिकरूपमा आयात भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कैलालीको मोहना नदीमा डुबेर २ किशोरको मृत्यु कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई मातृशोक बारीमा उम्रिएको च्याउ खाँदा तनहुँमा १० जना बिरामी तीनकुनेमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु काठमाडौंका यी स्थानमा आज बिजुली काटिंदैछ तिब्बत र आन्ध्र महासागरमा आज बिहान गयो भूकम्प मौलिक संस्कृति नै नेपालीको जग हो :- प्रधानमन्त्री ओली यस्तो छ आज, विदेशी मुद्राको विनिमयदर मौसम : आज देशका यी स्थानमा वर्षा र हिमपातको सम्भावना ‘मूर्ति चोर को हो ? वंश मास्ने को हो ?’ भन्दै दिवा स्वप्न नदेख्न पूर्वराजालाई प्रचण्डको चेतावनी नेपाली बजारमा आईफोन १६ सिरिजको मूल्य घट्यो, यस्तो छ पछिल्लो मूल्य सूची अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ हिजो साँझ काठमाडौँ आएको अमेरिकी एयरफोर्सको विमान फर्कियो, किन आएको थियो? मन्त्री पाण्डेलाई कारबाही माग गर्दै सांसद बजगाईंद्वारा कांग्रेस केन्द्रीय अनुशासन समितिमा उजुरी पावर बैंकका कारण विमान दुर्घटना ! दैलेखमा रुखले थिचेर दुई जनाको मृत्यु युगान्डामा नेपालको दोस्रो जित, हङकङलाई ६ विकेटले हरायो महामूर्खको उपाधि मुख्यमन्त्री सिंहलाई युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशङ्का’ व्यक्त महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ५ जना पक्राउ