2026-07-25 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत

कात्तिक १, खोटाङ | जिल्ला प्रहरी कार्यालय खोटाङले उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कृत गरेको छ । नागरिकको शान्ति सुरक्षा एवं अपराध नियन्त्रणका क्रममा विभिन्न विधामा उत्कृष्ट काम गर्ने प्रहरीलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय दिक्तेलमा आयोजित ६५औँ प्रहरी दिवसको अवसर पुरस्कृत गरिएको हो ।  

ईलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक दिनेशप्रसाद खरेल, जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत प्रहरी नायब निरीक्षक भीमबहादुर बस्नेत, अस्थायी प्रहरी चौकी तालखर्कमा कार्यरत प्रहरी सहायक निरीक्षक देवेन्द्रप्रसाद पौडेल, प्रहरी हवल्दार खेमप्रसाद बास्तोला, प्रहरी जवान अनिल नेपाली, रमेश बस्नेत र विमल कार्कीलाई पुरस्कृत गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय दिक्तेलमा आयोजित कार्यक्रममा उत्कृष्ट हुन सफल प्रहरीलाई जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गर्नुभएको हो ।  

यस्तै, प्रहरी दिवसकै अवसरमा जिल्लाका तीन जना अमर प्रहरीका परिवारलाई पनि सम्मान गरिएको छ । जिल्लाका २८ जना अमर प्रहरी परिवारमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सरस्वती ठाकुर, सोही ठाउँका कमलादेवी आचार्य र वडा नम्बर–४ खाल्लेका लक्ष्मी श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताउनुभयो ।  

उनीहरुलाई सांसद विशाल भट्टराई र संविधासभा सदस्य एवम् नेकपाका केन्द्रीय सदस्य दुर्गाजयन्ती राईले सम्मान गर्नुभएको थियो । प्रहरीले विभिन्न माध्यमबाट आफ्नो अभियानमा सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र उद्योग वाणिज्य सङ्घलाई प्रशंसा–पत्र प्रदान गरेको छ । यस्तै, प्रहरीलाई निःशुल्क जग्गा प्रदान गरेकामा खोटेहाङ गाउँपालिका–८ सिम्पानीका रवीन्द्र खड्कालाई कदर–पत्रले सम्मान गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक