८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मझगाउँ विमानस्थल सञ्चालनका लागि दश प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने

१ कार्तिक २०७७, शनिबार ०९:३३

कात्तिक १, कञ्चनपुर (रासस) । सशस्त्र द्वन्द्वका क्रममा सुरक्षाको कारण देखाउँदै बन्द भएको कञ्चनपुरको भीमदत्त नगरपालिकाको मझगाउँस्थित विमानस्थल सञ्चालनका लागि लाग्ने खर्चको १० प्रतिशत रकम महाकाली नगरपालिकाले व्यहोर्ने भएको छ ।

विमानस्थल सञ्चालन गर्न बसेको नगरपालिकाको बैठकले नेपाल नागरिक तथा हवाई उड्ययन प्राधिकरण र स्थानीय तहको लागत साझेदारीमा विमानस्थल निर्माण तथा सञ्चालनका लागि लाग्ने कूल रकममध्ये १० प्रतिशतले हुन आउने रकम लागत साझेदारी स्वरुप व्यहोर्ने प्रतिबद्धता जाहेर गर्ने निर्णय गरेको छ । प्राधिकरणले आगामी फागुनदेखि बन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनका लागि कार्य अगाडि बढाउने तयारी गरेको छ ।

प्राधिकरणले विमानस्थल सञ्चालन गर्नका लागि स्थानीय तहको साझेदारी अपेक्षा गरेपछि महाकाली नगरपालिकाले खर्च व्यहोर्ने प्रतिबद्धता गरेको हो । महाकाली नगरपालिकाका प्रमुख वीरबहादुर सुनारले यस क्षेत्रको विकासका लागि विमानस्थल सञ्चालन हुनुपर्ने बताउनुभयो ।

गत आवमा समेत नगरपालिकाले विमानस्थल सञ्चालनका लागि रु १० लाख बजेट विनियोजन गरेको थियो । केही दिनअघि प्राधिकरणको प्राविधिक टोलीले विमानस्थल सञ्चालनका लागि निरीक्षणको कार्य गरेको छ । बन्द विमानस्थल सञ्चालनका लागि गत वर्ष सम्भाव्यता अध्ययनको कार्यसमेत गरिएको थियो 

प्राधिकरणले विमानस्थल सञ्चालनका लागि रनवे, टर्मिनललगायत भौतिक संरचना निर्माण गर्न रु ३७ करोड बजेट अनुमान गरिएको छ । गत वर्ष प्राविधिक समितिले ती सबै संरचनासहित विमानस्थल सञ्चालनका लागि रु ६४ करोड बजेट चाहिने अनुमान गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता गणतन्त्रलाई संस्थागत गर्न राससको महत्वपूर्ण भूमिकाः अध्यक्ष दाहाल शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री