२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बैतडीको पञ्चेश्वरमा १९०० जना बेरोजगार सूचीकृत

२०७७, १ कार्तिक शनिबार ०९:३७

कात्तिक १, बैतडी (रासस) । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बैतडीको पञ्चेश्वर  गाउँपालिकामा एक हजार ९२४ जना बेरोजगार सूचीकृत भएका छन् । 

आर्थिक वर्ष २०७७/७८ का लागि पञ्चेश्वर गाउँपालिकामा ५७० महिला र एक हजार ३९० पुरुष गरेर उक्त सङ्ख्यामा रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा सूचीकृत भएको गाउँपालिकाका रोजगार संयोजक सन्ध्या जोशीले जानकारी दिनुभयो ।  

सरकारले २०७७ साल साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो ।

तोकिएको समयावधिभित्र फाराम भरेका बेरोजगार व्यक्तिउपर वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार ठहरिएका एक हजार ९२४ व्यक्तिलाई रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत गरिएको  हो । सूचीकृत भएका सबैलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइसकिएको रोजगार संयोजक जोशीको भनाइ छ ।  

मन्त्रालयबाट उक्त सूची हेरेर रकम बाँडफाँड हुने बताइएको छ । सूचीकृत बेरोजगार व्यक्तिलाई क्रमशः प्राथमिकताका आधारमा न्यूनतम एक सय दिनको काममा लगाइने गाउँपालिकाका प्रवक्ता दशरथ मङ्गोलाले बताउनुभयो ।

एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारमा संलग्न नभएका र कम्तीमा तोकिए बमोजिमको आयआर्जन हुने स्वरोजगारमा संलग्न नभएका व्यक्तिलाई मात्र फाराम भर्न लगाइएको हो । 

यसैबीच गाउँपालिकामा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाअन्तर्गत रु ५१ लाख ७० हजार आएकाले सूचीकृत भएकाहरुले नै रोजगार पाउने जनाइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ