Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसपालिको दशैं: न घर लिपपोत, न गाउँमा चहलपहल

२०७७, ३ कार्तिक सोमबार ०३:०९

दुर्गा देवकोटा | कात्तिक ३, टीकापुर | विगतका दशैँमा टीकापुर नगरपालिका–४ बाघमाराकी खेमा शर्माको घर घटनास्थापनाअघि लिपपोत गरेर चिटिक्क हुन्थ्यो । यस वर्ष कोरोना महामारीको त्रासले उहाँलाई दशैँ मनाउन मन लागिरहेको छैन ।  ‘‘समय सबैभन्दा बलवान छ । हामीले समय र परिस्थितिलाई पछ्याउँदै हिड्नुपर्छ’’, शर्माले भन्नुभयो, ‘‘यो बेला कोरोना भाइसर सङ्क्रमणले सबैतिर आक्रान्त पारेको छ । कोरोनाको प्रभाव र सरकारको आग्रहअनुसार सुरक्षित भएर बस्नुपर्ने भएकोले आँगनमा आएको दशैँ पनि मनाउन मन लागेन ।’’ शर्माले यस वर्ष घरमै सामान्य पूजाआजा र टिकाटालो गर्नुहुनेछ । ‘‘अघिल्ला वर्षजस्तो खसी ढाल्ने, माइती जाने, आफन्तकहाँ जाने र आउने काम बन्द हुनेछ’’, उहाँ भन्नुहुन्छ, ‘‘यस वर्ष बाँचे पो अर्को वर्ष मनाउला भनेर केही गरेनौँ ।’’

शर्माको घरमा जस्तै यस वर्षको दशैँमा गाउँघरमा विगतका वर्षजस्तो चहलपहल देखिदँैन । विगतका वर्षमा हप्ता दिन पहिले घर लिपपोत गर्ने, सरसमान मिलाउने, गाउँमा नाचगान गर्ने गरिन्थ्यो तर यस वर्ष त्यस्तो भएको खासै नदेखिएको टीकापुर–१ विपतपुरका विरबहादुर मगर बताउनुहुन्छ । ‘‘दशैँ भनेपछि गाउँ नै रमाइलो हुन्थ्यो, बाहिर भएका सबै घर फर्कन्थे’’, मगरले भन्नुभयो, ‘‘यस वर्ष त दशैँ अगावै खर्च सकिएर लकडाउनमा घर फर्केका नेपाली भारत पसेका छन्, आर्थिक समस्या टार्न नसकेर कामको खोजीमा भारत पसेका हुन् ।’’

पहिले भारत वा देश बाहिर रहेका, विभिन्न कारणले घर बाहिर भएकाहरु दशैं मनाउन गाउँघर फर्कनेको लर्को लाग्थ्यो । ‘‘दशैँमा गाउँमा उमङ्ग हुन्थ्यो तर यस वर्ष खासै उत्साह नभएको भजनी नगरपालिका राजबाराकी आरती विकले बताउनुभयो । ‘‘गाउँमा सबै त्रसित छन्, मानिसले बोलचाल बन्द गर्न थालिसके’’, विकले भन्नुभयो, ‘‘म पनि यस वर्ष माइत नजाने भएको छु ।’’

प्रायः दशैँको समयमा थारु गाउँमा निकै चहलपहल हुन्थ्यो । आजभोलि थारु गाउँमा पनि चहलपहल र रमाइलो छैन । विगत वर्षमा यो समयमा फरक–फरक टोल र थारु गाउँका नाटक, थारु नांच हुने गरेको देखिन्थ्यो तर यस वर्ष त्यस्तो उल्लास छैन’’, टीकापुरकै राजाराम चौधरी भन्नुहुन्छ, ‘‘थारु समुदायले एक महिनासम्म नाच्ने सखिया, बड्का, मुङग्रौहा, झुम्रा लगायतका नाच देख्न पाइएको छैन ।’’

कोरोनाका कारण गाउँघर मात्र नभइ शहर बजारमा पनि नागरिकको चहलपहल कम छ । बन्दाबन्दीले आर्थिक संकट पनि सिर्जना गरेको छ । टीकापुरकी कमला रावल मानिसको चहलपहल नहुनुमा र्आिर्थक कारण पनि रहेको बताउनुहुन्छ । ‘‘छ महिनादेखि सबै क्षेत्र बन्द रह्यो, मानिससँग अर्थ छैन’’, रावलले भन्नुभयो, ‘‘रकम भए पो किनमेल, चहलपहल हुन्छ ।’

टीकापुर अस्पतालका सिनियर नर्स कल्पना खड्काले स्वास्थ्य सबैभन्दा ठुलो भएकाले यस्तो बेलामा स्वास्थ्य सुरक्षामा ध्यान नदिइ भीडभाड गरेर चाडपर्व नमनाउनु नै उचित भएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश