२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

प्रधानमन्त्री रोजगार कार्यक्रम : सूचीकृतको संख्यामा वृद्धि

८ कार्तिक २०७७, शनिबार ०३:४६

कात्तिक ८, बैतडी | प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जिल्लाको दशरथचन्द नगरपालिकामा गत वर्षभन्दा बढी जना रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा सूचीकृत भएका छन् । 

गत वर्ष एक हजार एक सय दुई जना सूचीकृत भएकामा यस वर्ष उक्त संख्या बढेर एक  हजार छ सय ७७ पुगेको छ। सूचीकृत हुनेमा छ सय १३ महिला तथा एक हजार ६२ पुरुष रहेका छन् । दशरथचन्द नगरपालिकाका रोजगार संयोजक नन्दराज जोशीका अनुसार सूचीकृत भएका सबैको नाम श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको छ । चालु आर्थिक वर्ष २०७७/७८ का लागि प्राथमिकताका आधारमा एक सय दिनको रोजगारी पाउने जोशीले बताउनुभयो । 

उहाँले भन्नुभयो,  “मन्त्रालयले कार्यविधि पठाए पछि तिहारलगत्तै काम सुरु हुन्छ ।” सरकारले स्थायी बसोबास रहेको स्थानीय तहको वडामा गएर १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो । फाराम भरेका बेरोजगार व्यक्ति उपर वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार ठहरिएकालाई  रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत गरिँदै आएको छ । 

एउटा आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारमा संलग्न नभएका र कम्तीमा तोकिएबमोजिमको आयआर्जन हुने स्वरोजगारमा संलग्न नभएका व्यक्तिलाई मात्र फाराम भर्न लगाइन्छ । नगरपालिकामा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाअन्र्तगत रु ५१ लाख बजेटको ब्यवस्था गरिएको छ । गत वर्ष दशरथचन्द नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा रु २८ लाख बजेटको ब्यवस्था गरिएको जोशीले बताउनुभयो । गत वर्ष नगरपालिकाले पाँच सय जनालाई रोजगार प्रदान गरेको थियो ।  

रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य