२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको पाटन सिल, देहिमाडौँ बन्द

८ कार्तिक २०७७, शनिबार ०७:१४

कात्तिक ८, बैतडी | कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बैतडीको पाटन बजार क्षेत्र सिल गरिएको छ ।  यस्तै देहिमाडौँ बजार बन्द गरी सवारी आवागमनमा रोक लगाइएको छ । पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दुईदिनका लागि सिल गर्ने निर्णय गरेको हो । शनिवार बिहान १० बजेदेखि आइतबार अपरान्ह ४ बजेसम्म पाटन बजार क्षेत्र सिल गर्ने निर्णय भएको हो ।  

पाटनस्थित उदयदेव मन्दिरमा लाग्ने महाअष्टमी र महानवमीमा बलिसहित लाग्ने मेलालाई मध्यनजर गरेर बजार क्षेत्र सिल गर्ने निर्णय भएको नगरप्रमुख चन्दले बताउनुभयो । यो वर्ष कोरोनाको जोखिमका कारण बलिमा रोक लगाइएको हो । उक्त निर्णयको कसैले उल्लंघन गरेमा ५ हजार जरीवाना गर्ने निर्णय समेत भएको छ । 

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार नै बलिमा रोक लगाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनुभयो । यसैबीच दशरथचन्द नगरपालिका २ स्थित देहिमाडौँ बजार दुई दिनका लागि बन्द गरिएको छ ।  यसका साथै सवारी आवागमनमा रोक लगाईएको छ । महाअष्टमीका दिन जिल्लाकै सबैभन्दा बढी बलि हुने देहिमाडाँैस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा हुने मेला, जात्रा तथा बलि हुने भएकोले भीडभाड कम गर्न बजार बन्द र सवारी अवागमनमा रोक लगाएको हो ।  

वडा कार्यालयले एक सूचना प्रकासित गरेर शुक्रबार र  शनिवार बजार बन्द गर्नुका साथै शनिवार बजारमा सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको वडा अध्यक्ष रनबहादुर बोहराले बताउनुभयो ।  महाअष्टमीको दिन शनिवार देहिमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा हुने बलिसहितको जात्रामा भीडभाडमा रोक लगाउन सशस्त्र प्रहरी र नेपाली प्रहरी परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।  यस्तै मेला अवधिमा कसैले मदिरा सेवन गरी होहल्ला गरेको पाईएमा ५ हजार जरीवाना, कसैले मदिराको बिक्री वितरण गरेको पाइएमा १० हजार जरीवाना र कसैले जुवातास खेलेको अथवा खेलाइएको पाइएमा ५ हजार जरीवाना गरिने सूचनामा उल्लेख गरिएको छ । यसअघि जिल्ला सुरक्षा समिति  र कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जिल्लामा हुने सबै प्रकारका जात्रा, मेला, बलि तथा भीडभाड हुने क्रियाकलापमा रोक लगाउने निर्णय गरिसकेको छ ।  यसका साथै जिल्लाका अन्य शक्तिपीठमा पनि  भीडभाड हुने  गरी पूजाआजाका कार्यक्रम नगर्न अनुरोध गरिएको छ । बैतडीमा दशैंतिहारको बेला सुदूरपश्चिम प्रदेशकै बढी पशुबलि हुने गर्दछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य