२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैं आयो, रौनक आएन

२०७७, ९ कार्तिक आईतवार ०७:१२

कात्तिक ९, ओखलढुंगा | घटस्थापनामा राखिएका जमरा हुर्किसकेका छन् । घमाइलो दिन, खेतमा झुलेका धानका बाला, खुलेको नीलो आकाश अनि उडेका चङ्गाले दशैंको स्वागत गरिरहेका छन् । शरद ऋतुको यस मौसमले दशैंँलाई स्वागत गरे पनि आमनागरिकलेल  मनैदेखि दशैं भित्र्याउन सकिरहेका छैनन् । 

विगत वर्षमा लिंगे र रोटे पिङको मच्चाइ, मेला, जात्रा र शक्तिपीठमा हुने भीडले दशैं स्वागत गरिरहेको हुन्थ्यो । लामो समय बेखबर बनेकाहरु घर फर्किन्थे । वर्ष दिनसम्म नभेटिएकाहरु भेटिन्थे । बसाइँ सरेर गएकाहरु दशैंको मौका पारेर गाउँ फर्किन्थे, एकार्कामा खुशी साटासाट गर्थे । पर्यटकीयस्थल भरिभराउ हुन्थे । बजारका पसलमा किनमेल गर्नेको भीड हुन्थ्यो । दशैंमा एकार्काको घरमा जाने, मिष्ठान्न परिकार खाने चलन हुन्थ्यो । यस वर्ष त्यस्तो केही छैन । ‘अरु वर्ष दशैं खुब रमाइलो हुन्थ्यो । यस वर्ष त कोरोनाका कारण जताततै सुनसान छ । क्यालेण्डरमा बाहेक दशैं कतै आएको जस्तो देखिएन । मनमा रोगको डर भएपछि जति रमाउन खोजे  पनि सकिँदो रहेन छ’, सिद्धिचरण नगरपालिकाकी पार्वती श्रेष्ठले भन्नुभयो । 

कोरोनाको संक्रमण बढ्दो छ । एकातिर कोरोनाको त्रास, अर्कातिर रित्तो गोजी । यही कारण घर बाहिर भएकाहरु फर्किन सकेका छैनन् । विगत वर्षमा जो जहाँभए पनि दशैंमा घर आउने चलन हुन्थ्यो, यस  वर्ष ठीक उल्टो अवस्था छ । जो जहाँ छन् त्यहिँ बसेर जसो तसो दशैं मनाउने तयारीमा छन् । घरमा वृद्ध बुबाआमा हुनेहरु आशीर्वाद लिन जाने रहर हुँदाहुँदै पनि कोरोनाको जोखिमले यस वर्ष घर फर्किएनन् । 

समुुदायस्तरमै संक्रमण फैलिएकाले जमघट र भेटघाट प्रायः बन्द छन् । शहरबाट गाउँ आएकाहरु होम क्वारेन्टाइनमा बसेका छन् । सरकारले स्वास्थ्य मापदण्ड अपनाउन  आग्रह गरेको छ । स्थानीय तह र प्रशासनले जिल्लाजिल्लामा विशेष सुरक्षा योजना लागु गरेका छन् ।  सुनकोशी गाउँपालिकासहितका स्थानीय तहले दशँैंमा पिङ खेल्न प्रतिबन्ध लगाएका छन् । कोरोना फैलिने डरले जमघट हुने सबै क्रियाकलापमा रोक लगाइएको गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारी बताउनुहुन्छ । बाहिरबाट गाउँआएकाहरु र गाउँमै हुनेहरु भेटघाट हुने थलोका रुपमा पिङ, मेला, खेलकूद जस्ता कार्यक्रम हुने भएकाले त्यसलाई रोक लगाउनुपरेको स्थानीय सरकारका प्रमुखहरुको तर्क छ । 

ठूलाबडा, माइत, मामाघर वा ससुराली टीका थाप्न जानेहरु यस वर्ष नजाने योजनामा छन् । कोसेली लिएर आउने पाहुुनाले कोरोना ल्याउँछन् कि भन्ने त्रास छ । त्यसैले पाहुना स्वागत गर्न नागरिक त्यति आतुर छैनन् । 

कोरोना संक्रमण रोक्न सरकारले चैतमै लकडाउन गरेपछि धेरैले रोजगारी गुमाए । दशैंका लागि चैतवैशाखदेखि नै पैसा जम्मा गर्नेले यसपालि एक सुको कमाउन  पाएनन् भने भएको पनि बचाउन सकेनन् ।

चैतमा लकडाउनसँगै रोजगारी गुमाएकाहरु अहिलेसम्म काममा फर्कन पाएका छैनन् । त्यसैले पोहोरपरारको जस्तो किनमेल गरेर र हर्षाेल्लासका साथ दशैं मनाउने अवस्था छैन । कोरोनाको त्रासका कारण मात्रै होइन, यस पटक पैसा नभएकाले पहिले जस्तो दशैँ हुने अवस्था छैन ।

विगतमा घरमा सिङ्गै खसी ढाल्नेहरु यस वर्ष धार्नीमा मासुु जोखेर ल्याउन बाध्य छन् । नयाँ लुगा अनिवार्य मान्नेहरु पुुरानामै चित्त बुझाइरहेका छन् ।  मन खुशी भए धन नभए पनि ऋण काढेर दशैं मनाउन तम्सिने नेपालीहरु यस वर्ष दशैंँ जसरी आउँछ त्यसरी जान्छ भन्ने अवस्थामा पुगेका छन् । 

अहिले लकडाउन र निषेधाज्ञा हटे पनि व्यापार व्यवसाय चौपट छ । अघिल्लो वर्ष यतिखेर भ्याइनभ्याई हुने पसलेहरु यतिबेला फुर्सदमा छन्, पसल खालीखाली छन् । पसल खाली भएसँगै काठमाडौंमा व्यवसाय गर्दै आउनभुएका ओखलढुंगाका सन्तोष बस्नेतको मन पनि रित्तो छ । ‘व्यापार व्यवसाय सोचेजस्तो छैन । दशैं लागेको जस्तो त होइन सामान्य अवस्थाको जत्तिको पनि रौनक भएन’, उहाँ भन्नुहुन्छ, ‘अहिलेको समयमा भीडभाड गरेर चाडपर्व मनाउनु निकै जोखिम छ । यस वर्ष स्वस्थ रहन सकियो भने अर्को दशैंमा रमाइलो गर्नुपर्छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ