२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दश वर्षीया बालिकालाई बन्धक बनाई करणी गर्ने पक्राउ

२०७७, १७ कार्तिक सोमबार ०४:०३

कात्तिक १७, जनकपुरधाम  (रासस) : जनकपुरधाम उपमहानगरपालिका–७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने १० वर्षीया एक बालिकालाई बन्धक बनाई करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सबैला नगरपालिका घर भई जनकपुरधाममा डेरा गरी बस्ने राम्रोसँग बोल्न नसक्ने फरक क्षमता भएकी बालिकालाई बन्धक बनाई करणी गर्ने भारत विहार सीतामढी जिल्ला बथनाहा ग्राम  पञ्चायत भुतही–५ का  ५१ वर्षीय वीरेन्द्र साहलाई पक्राउ गरिएको हो ।

घरमा कोही नभएको बेला साहले बालिकालाई ललाईफकाई चकलेटको प्रलोभन दिई बन्धक बनाई करणी गरेको जनाइएको छ । साह सोही घरको तल्लो तल्लामा भाडामा बस्दै आएका छन् ।

बालिकाकी आमा छोरीलाई खोजतलास गर्ने क्रममा साहको कोठाबाट रुँदै कराउँदै गरेको देखि हल्ला गर्दा स्थानीयवासी समेत आई प्रहरीलाई खबर गर्दा जिल्ला प्रहरीबाट खटिएको टोलीले साहलाई पक्राउ गरेको बताइएको छ ।

पक्राउ गरिएका साहलाई शरीर बन्धक एवं जबरजस्ती करणी मुद्दा शीर्षकअन्तर्गत म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ