२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

नलगाड नगरपालिकाको सबै वडामा स्वास्थ्य संस्था

१८ कार्तिक २०७७, मंगलवार ०३:२६

कात्तिक १८, जाजरकोट । नलगाड नगरपालिकाले सबै नागरिकको पहुँचमा स्वस्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सबै वडामा स्वस्थ्य संस्था निर्माण गरेको छ । नगरपालिकाको वडा नं २, ३, ७, ११, १२ र १३ मा पहिले नै स्वास्थ्य संस्था थिए । ती वडाहरूको भूगोल ठूलो भएकाले नयाँ एक थप गरी स्वास्थ्य संस्था थपिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो । 

वडा नं ४ र ५ मा नयाँ भवन निर्माण सम्पन्न भएको छ । त्यस्तै वडा नं १, ६, ८, ९, १० र १२ मा निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दुर्गम मानिएको वडा नं १३ को गेउमा र सिउनामा गरी दुई ठाउँमा स्वास्थ्य संस्थाको विकास गरी सेवा उपलब्ध गराइएको छ । भवन पूर्णरूपमा निर्माण नभएको ठाउँमा अहिले भाडामा स्वास्थ्य सेवा दिइरहेको नगरपालिकाले जनाएको छ ।

 वडास्तरीय आधारभूत स्वास्थ्य सेवा केन्द्रका भवन निर्माण जारीसँगै नगरपालिकाभित्रका करिब २५ हजार ५९७ जनसङ्ख्या स्वास्थ्य सेवाको पहुँचमा पुगेको पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखाका जनक खड्काले जानकारी दिनुभयो । नगरपालिकाले यसै आर्थिक वर्षदेखि दल्लीमा रहेको स्वास्थ्य संस्थालाई १५ शय्याको अस्पताल बनाउनका लागि काम शुरु गरेको नगरप्रवक्ता राममाया हमालले जानकारी दिनुभयो । अहिले आवश्यक उपकरण तथा सौर्य ऊर्जा (सोलार) खरिदको काम गर्न लागिएको छ । आफैँले एमडी चिकित्सक भर्ना गरेर नगरभित्र राम्रो सेवा दिएको नगरपालिकाले अब सबै खालको सेवा घरआँगनमै दिनका लागि काम तीव्ररूपमा भइरहेको प्रवक्ता हमालले जानकारी दिनुभयो ।

सबै बालबालिकालाई खोपको पहुँचमा पुर्याउन वडा नं १ को जुरेली, ५ को सिर्के, ६ को नेटिलेख, ७ को दानीपिपल, ८ को जिकुवा र ११ को रजिकमा खोप क्लिनिक निर्माण गरी सेवा सञ्चालन गरिएको छ ।  नगरपालिकाले एम्बुलेन्स खरिद भइसकेकाले सेवा प्रवाह गर्न लागेको बताएको छ । त्यसका लागि एम्बुलेन्स सेवा निर्देशिका, २०७७ बनाएर सेवा दिन लागिएको छ । दल्लीमा प्राथमिक स्वास्थ्य केन्द्र एक, एक्सरे भवन एकवटा नगरपालिकाले निर्माण गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य