२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

नलगाड नगरपालिकाको सबै वडामा स्वास्थ्य संस्था

२०७७, १८ कार्तिक मंगलवार ०३:२६

कात्तिक १८, जाजरकोट । नलगाड नगरपालिकाले सबै नागरिकको पहुँचमा स्वस्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सबै वडामा स्वस्थ्य संस्था निर्माण गरेको छ । नगरपालिकाको वडा नं २, ३, ७, ११, १२ र १३ मा पहिले नै स्वास्थ्य संस्था थिए । ती वडाहरूको भूगोल ठूलो भएकाले नयाँ एक थप गरी स्वास्थ्य संस्था थपिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो । 

वडा नं ४ र ५ मा नयाँ भवन निर्माण सम्पन्न भएको छ । त्यस्तै वडा नं १, ६, ८, ९, १० र १२ मा निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दुर्गम मानिएको वडा नं १३ को गेउमा र सिउनामा गरी दुई ठाउँमा स्वास्थ्य संस्थाको विकास गरी सेवा उपलब्ध गराइएको छ । भवन पूर्णरूपमा निर्माण नभएको ठाउँमा अहिले भाडामा स्वास्थ्य सेवा दिइरहेको नगरपालिकाले जनाएको छ ।

 वडास्तरीय आधारभूत स्वास्थ्य सेवा केन्द्रका भवन निर्माण जारीसँगै नगरपालिकाभित्रका करिब २५ हजार ५९७ जनसङ्ख्या स्वास्थ्य सेवाको पहुँचमा पुगेको पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखाका जनक खड्काले जानकारी दिनुभयो । नगरपालिकाले यसै आर्थिक वर्षदेखि दल्लीमा रहेको स्वास्थ्य संस्थालाई १५ शय्याको अस्पताल बनाउनका लागि काम शुरु गरेको नगरप्रवक्ता राममाया हमालले जानकारी दिनुभयो । अहिले आवश्यक उपकरण तथा सौर्य ऊर्जा (सोलार) खरिदको काम गर्न लागिएको छ । आफैँले एमडी चिकित्सक भर्ना गरेर नगरभित्र राम्रो सेवा दिएको नगरपालिकाले अब सबै खालको सेवा घरआँगनमै दिनका लागि काम तीव्ररूपमा भइरहेको प्रवक्ता हमालले जानकारी दिनुभयो ।

सबै बालबालिकालाई खोपको पहुँचमा पुर्याउन वडा नं १ को जुरेली, ५ को सिर्के, ६ को नेटिलेख, ७ को दानीपिपल, ८ को जिकुवा र ११ को रजिकमा खोप क्लिनिक निर्माण गरी सेवा सञ्चालन गरिएको छ ।  नगरपालिकाले एम्बुलेन्स खरिद भइसकेकाले सेवा प्रवाह गर्न लागेको बताएको छ । त्यसका लागि एम्बुलेन्स सेवा निर्देशिका, २०७७ बनाएर सेवा दिन लागिएको छ । दल्लीमा प्राथमिक स्वास्थ्य केन्द्र एक, एक्सरे भवन एकवटा नगरपालिकाले निर्माण गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने