कात्तिक १८, काठमाडौँ | नेपालमा कोरोना संक्रमण भई मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २० जनाको कोरोना संक्रमित भई मृत्यु भएको छ । यो सहित कोरोना पुष्टि भई हालसम्म नेपालमा मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमित भेटिएका छन् । नेपालमा हालसम्म संक्रमण हुनेको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार १४२ जना निको भइ घर फर्केका छन् । नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या एक लाख ४१ हजार १३४ पुगेको छ ।