२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीमा नाका खोल्न माग गर्दै सर्लाहीमा धर्ना

२०७७, ३ मंसिर बुधबार ००:५७

मङ्सिर ३, सर्लाही | सर्वपक्षीय जिल्ला सङ्घर्ष समितिको आयोजनामा सर्लाही सदरमुकाम मलङ्गवास्थित गोरखकाली नेपाल–भारत मुख्य सीमा नाका खोल्नुपर्ने माग राख्दै शान्तिपूर्वक धर्ना कार्यक्रम गरिएको छ ।

सरकारले कोरोना भाइरसको बहाना बनाएर विगत आठ महिनादेखि जारी राखेको सीमा नाका बन्दको विरोधमा धर्ना कार्यक्रम गरिएको जिल्ला सङ्घर्ष समिति सर्लाहीले जनाएको छ । सोमबार जिल्ला समन्वय समितिको आयोजनामा बसेको सर्वपक्षीय बैठकले कोरोना सङ्क्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा नाका लामो समयदेखि बन्द रहेका कारण दुवै देशका सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा परेको भन्दै सीमा नाका खुलाउन आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले मलङ्गवा गोरखकाली सोनवरसा (भारततर्फ) जाने बाटोमा मङ्गलबार र आज ११ बजेदेखि १ बजेसम्म धर्नामा बस्ने निर्णय गरेको थियो । धर्नापश्चात पनि सीमा नाकाहरु खुला नगरिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय भएको जिसस सभापति चौधरीले बताउनुभयो ।

सरकारले समयमै सीमा नाका नखोले छठ पर्व सकिएपछि थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने सभापति चौधरीले बताउनुभयो । मुख्य नाका सरकारले औपचारिकरूपमा नखोलिदिएसम्म सर्लाही भन्सार कार्यालयसमेत बन्द रहने उहाँको भनाइ थियो ।

सीमा नाका सिल भएका कारण स्थानीयस्तरमा हजारौँ नागरिक प्रभावित भई गरिबी, भोकमरी र व्यापक बेरोजगारी बढेको प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद कुशवाहाले बताउनुभयो । निश्चित मापदण्ड पूरा गरी कोरोना भाइरस परीक्षण डेस्क र सुरक्षा जाँच सञ्चालनमा ल्याई समयमै सीमा नाका खोल्न सङ्घीय सरकारसँग पटकपटक गुहार गरे पनि सरकारले समस्या समाधानका लागि कुनै पहल नगरेको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै