रोल्पामा मापसेपछि कुटाकुट हुँदा एक जनाको मृत्यु

साझासवाल

<p>मङ्सिर ७, रोल्पा (रासस) । मादक पदार्थ सेवन गरी एकापसमा कुटाकुट हुँदा एक जनाको ज्यान गएको छ । शनिबार राति दुई जनाबीच मापसेपछि&nbsp; कुटाकुट हुँदा रोल्पा नगरपालिका वडा नं ५ छाप बस्ने भीमराज घर्तीको आज ज्यान गएको हो ।&nbsp;</p><p>कुटाकुटका क्रममा घाइते भएका ५६ वर्षीय घर्तीलाई उपचारका लागि पहिले राप्ती विज्ञान प्रतिष्ठान दाङ र पछि मेडिकल कलेज कोहलपुरतर्फ लैजादै गर्दा आज बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख नरेश सुवेदीले बताउनुभयो । कुटाकुटमा संलग्न सोही ठाउँ बस्ने&nbsp; २८ वर्षीय मोहन विकलाई प्रहरीले नियन्त्रणमा लिई&nbsp; अनुसन्धान गरिरहेको जनाइएको छ&nbsp; ।&nbsp;</p>

Leave a Comment

Leave a Reply