Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घरायसी कामको जिम्मा महिलाको मात्र हो र !

२०७७, १२ मंसिर शुक्रबार ०७:२७

दुर्गा देवकोटा,  मङ्सिर १२, टीकापुर (रासस) । कैलालीको टीकापुरकी रुपा विकको घरमा आठ जनाको परिवार छ । चार बालबालिका छन्, उनीहरु विद्यालय उमेरका छन् । बाँकी तीन जना रुपाका श्रीमान्, देवर र ससुराले घरको काम छुनै मान्दैनन् । दिनभरि घरको कामले फुर्सद नपाउने रुपाको जीवनमा आराम भन्ने छैन । 

उहाँका आफ्ना सपना त परै जाओस्, घरको काममा कहिलेकाहीँ परिवारले सघाइदिए हुन्थ्यो भन्ने आशासमेत पूरा हुन सकेको छैन । “बिहान ४ बजेदेखि घरको काम थाल्छु, रातिको १० बजेमात्र सकिन्छ”, रुपाले भन्नुभयो, “तर श्रीमान् र ससुराले कुरा गर्दा काम छैन, घरमै बस्छिन्, खान्छिन् भन्छन्, यस्तोबेला निकै पीडा हुन्छ ।”

रुपाले गाईभैँसी पाल्नुभएको छ । उहाँले दूध बेचेको आम्दानी पनि श्रीमान्ले राख्नुहुन्छ । “मैले दिनभरि काम गरे पनि आवश्यक खर्च मसँग हुँदैन”, उहाँले भन्नुभयो, “मेरो कमाइमा पनि मेरो अधिकार छैन । म घरको काम गर्ने, बच्चा जन्माउने व्यक्तिजस्तै भएकी छु । पकाएर सबैको स्वाद पूरा गर्छु तर आफ्ना सपना सबै मारेकी छु ।”

रुपाजस्तै, धनरुपा जैसीको घरमा पनि यस्तै छ । छोरा मानिसले काम गर्न हुँदैन भन्ने गलत अभ्यास उहाँको घरमा पनि छ । धनरुपाका घरमा श्रीमान्सहित चार जना छोरा छन् तर उनीहरु आफ्ना लुगासमेत धुँदैनन् । “घरमा काम केही गर्दैनन्, पुरुषको काम पैसा कमाउने हो, घरको काम गर्ने होइन भन्छन्”, धनरुपाले भन्नुभयो, “पानी पनि मुखनिरै लगेर दिनुपर्छ । यसरी सेवा गर्न कहाँ सकिन्छ ? तर बाध्यता छ । घरबार बिगार्नु छैन । सहेर बसेकी छु ।”

महिला र पुरुष एक रथका दुई पाङ्ग्राजस्तै हुन् । दुवै मिलेर काम गरे मात्र सफल जीवन जीउन सकिन्छ । दम्पतीबीच हरेक कार्यमा सहकार्य हुनुपर्ने हो । यसो नहुँदा घर संसार चलाउन समस्या सिर्जना हुने गरेको अधिकारकर्मी महिला बताउँछन् । “घर चलाउन दुवैको समान महत्व हुन्छ, तर हाम्रो समाजमा यो काम पुरुषले गर्ने, यो काम महिलाले गर्ने भनेर एक प्रकारको गलत सिमाना थोपरिएको छ”, अधिकारकर्मी नयनतारा श्रेष्ठले भन्नुभयो, “ यसले महिलामाथि हिंसा बढाएको छ । महिलाको प्रगतिमा बाधा पुगेको छ । त्यसैले त सबै विभेद अन्त्यको शुरुआत घरबाटै गरौँ भनिएको हो ।”

युगले कैयौं कोल्टे फेरिसक्दा पनि किन महिलाहरूको भागमा भातभान्सा र चुलोचौका नै परिरहेको छ ? गृहिणी महिलाको त कुरै छोडौं, किन पुरुषसरह घरबाहिरको काममा खटिने र समानस्तरमा काम गर्ने ‘जागिरे’ महिलाहरू पनि घरभित्रको कामको भारी आफ्नो मात्रै थाप्लोमा बोक्न विवश छन् ? “नेपाली समाजमा प्रायः घरभित्रको काम महिलाहरूकै जिम्मा हो भन्ने सोचाइ छ र पुरुषहरूले खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने गरे इज्जत जान्छ भन्ने मानसिकता छ ।

तर यो मानसिकतालाई भत्काउने हिम्मत गर्नु त परकै कुरा भयो, झनै यसलाई जोगाउने र उकेरा दिने काम महिलाबाटै भइरहेको हुन्छ”, अधिकारकर्मी श्रेष्ठले भन्नुभयो, “ हामीले घरबाहिर निस्केर पुरुषसरह पढ्ने, जागिर खाने हिम्मत त ग¥यौं तर घरभित्रका कामको बाँडफाँट गर्ने हिम्मत अझै गर्न सकेका छैनौं । घरका पुरुष सदस्यलाई हामी भान्साको काम गर्न दिन चाहँदैनौं । कसैले आफूखुसी भान्साको काम गर्न खोज्यो भने पनि भन्छौं, त्यहाँ फोहोर भयो, त्यहाँ पानी पोखियो, त्यो यस्तो भयो, त्यो उस्तो भयो, भैगो म आफैं गर्छु… ।” 

गृहिणी महिलालाई भन्दा कामकाजी महिलालाई घर र नोकरीबीचको तालमेल मिलाउनुपर्दा बढी बोझ हुने गरेको शिक्षिका ललिता शाहीले बताउनुभयो । “आर्थिक व्यवस्थापनलगायत घरको अन्य कामकाजमा पुरुषको सहयोग भए पनि घरको काम, भान्साको काम, सरसफाइ, चाडबाडका समयमा पुरुषले भन्दा पाँच गुना बढी महिला खटिनुपर्छ”, उहाँले भन्नुभयो, “घरपरिवारबाटै महिलालाई सहयोग गर्नुपर्छ । महिला खुशी भएमात्र घरमा शान्ति हुन्छ ।”

समाज विस्तारै परिवर्तन हुँदैछ । विगतलाई हेर्ने हो भने अहिलेको पुस्ता पहिलेभन्दा परिवर्तन हुँदै गएको देखिन्छ । पहिलेभन्दा घरका अन्य कामकाजमा सहयोग गर्ने पुरुष पनि बढेका छन् । दूरसञ्चार कार्यालय टीकापुरमा कार्यरत ढुण्डीराज खरेल स्वास्थ्यकर्मी रहेकी श्रीमतीसँगै काममा साझेदारी गर्नुहुन्छ । खरेलकी श्रीमती तारा स्वास्थ्यकर्मी हुनुहुन्छ । टीकापुर अस्पतालमा कार्यरत श्रीमतीको घरमा आफ्नै निजी क्लिनिक पनि छ ।

“म निकै व्यस्त हुन्छु । अस्पतालमा शल्यक्रिया कक्षमा ड्युटी हुन्छ । निकै थाकेर आउँछु, घर आउँदा श्रीमान्ले खाना पकाइसक्नु भएको हुन्छ”, ताराले भन्नुभयो, “उहाँले भान्छामा चुलो बाल्ने, बच्चा हुर्काउने काममा सघाउने मात्र होइन लुगा धुने, घर सफा गर्ने सबै काम गर्नुहुन्छ । हाम्रो घरमा कुनै विभेद छैन ।”

दुवै जना मिलेर काम गरेका कारण आर्थिक र सामाजिकरुपमा सफल भएको ढुण्डीराजको भनाइ छ । “हामीले मिलेर घरको काममा सहकार्य गरेका कारण सफल भएका हौँ । दुई छोरा डाक्टर पढाउन सक्यौँ, बुहारी पनि डाक्टर छिन्”, उहाँले भन्नुभयो, “आफैँले काम गर्दा आर्थिक बचत हुनुका साथै स्वास्थ्य राम्रो भयो । श्रीमतीलाई सघाउन के को लाज ? म त गौरव गर्छु ।” 

दम्पती मिलेर घर चलाउनुपर्छ भन्ने चेतनाको विकास नभएकै कारण घरमा हुने हिंसा घटेको छैन । मिलेर घर चलाउँदा सहज हुन्छ भन्ने बुझाइको विकास हुन आवश्यक रहेको महिला अधिकारकर्मी कमला केसीको भनाइ छ । “कतिपय पुरुषलाई घरायसी काम वा बच्चाको रेखदेखमा सहयोग गर्दा उनीहरूका साथीभाइ अथवा घरका अन्य सदस्यले कुरा काट्छन् भन्ने पिर लाग्छ तर घरमा नसघाएकै कारण खुशी हराइरहेको पत्तै हुँदैन”, उहाँले भन्नुभयो, “घरमा काम बाँडफाँट गर्ने परिवारबाट अरुले पनि सिक्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै