४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा बालक बेपत्ता

१८ मंसिर २०७७, बिहीबार ०९:५८

मंसिर १८, बैतडी | एक बालक दुई दिनदेखि  बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–१ गुरुखोला काण्डे गाउँका १५ वर्षीय विवेक भट्ट छन् । बुधबार अपरान्ह स्थानीय बजार मुस्याचौर जान्छु भनि हिँडेका छोरा बेपत्ता अवस्थामै रहेका विवेकका बुबा देवदत्त भट्टले बताए |

एकमात्र छोरा विवेक बेपत्ता भएपछि घरपरिवारका सदस्य चिन्तित बनेको उनले बताए । बेपत्ता रहेका विवेकले बिहीबार बिहान ९८६४७५६८५५ नम्बरबाट फोन गरेर आफू धनगढीमा रहेको बताएका थिए । गाडी लाइनमा जागिर लगाइदिने भन्दै कसैले आफूलगायत अन्य सात÷आठजनालाई धनगढी लगेको फोनमार्फत भनेको बुबा देवदत्तले बताए । विवेकले त्यति मात्रै भनेर फोन काटेकाले जागिर लगाइदिने मान्छे को रहेछ भन्ने खुल्न सकेको छैन ।

विवेकले फोन गरेको मोबाइल अहिले स्वीच अफ गरिएको छ । देवदत्तले बेपत्ता छोरा खोजी गरिदिन प्रहरीचौकी गुरुखोलामा  निवेदन दिएका छन् । प्रहरीले बालकको खोजी जारी रहेको बताएको छ । बेपत्ता बालकको धनगढीलगायत स्थानमा खोजी भइरहेको गुरुखोला प्रहरीचौकीका इञ्चार्ज, प्रहरी नायब निरीक्षक सुरेन्द्रदेव भट्टले बताए ।  

गहुँगोरो वर्ण, ४ फिट उचाइ भएको, कपालमा रातो मेहन्दी, खैरो ज्याकेट, जिनको पाइन्ट र लेदरको जुत्ता लगाएको विवेकलाई फेला पार्ने व्यक्तिलाई नजिकैको प्रहरीचौकी वा ९८६५८१३३६६ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ । बेपत्ता बालक दशरथचन्द नगरपालिका– १ गुरुखोलामा रहेको मणिलेक मावि गुरुखोलामा कक्षा ९ मा अध्ययनरत थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ