२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

सेवा प्रवाहमा दुर्गमले उछिन्यो सुगमलाई

२०७७, १९ मंसिर शुक्रबार ०२:५०

 हेमन्त केसी, मङ्सिर १९, जाजरकोट (रासस) । सात स्थानीय तह रहेको जाजरकोटमा दुर्गम क्षेत्रमा रहेको बारेकोटले सबै स्थानीय तहलाई सेवा प्रवाहमा उछिनेको छ । स्वास्थ्य सेवा प्रवाहलाई आधार बनाई गरिएको समीक्षामा अन्य पालिकालाई उछिन्दै बारेकोट एक नम्बरमा आएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । 

स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने दर, पोषणलगायतका २५ वटा सूचकलाई आधार बनाई गरिएको समीक्षामा बारेकोटले ५० मा ३८ अङ्क ल्याएर एक नम्बर स्थान सुरक्षित गरेको हो । त्यस्तै नलगाड नगरपालिकाले दोस्रो र भेरी नगरपालिकाल तेस्रोे स्थान सुरक्षित गरेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।

अन्य छेडागाड नगरपालिका, जुनिचाँदे गाउँपालिका, शिवालय गाउँपालिका र कुशे गाउँपालिकाको सेवा प्रवाह कमजोर देखिएको छ । भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको बारेकोट गाउँपालिकाका सबै ठाउँमा सडक पुगेको छैन । सुरक्षित सुत्केरी गराउने दरसमेत अन्य पालिकाभन्दा बढी रहेको छ ।

जिल्लाको सदरमुकाम रहेको भेरी नगरपालिका तेस्रो स्थानमा आउँदा यहाँको सेवा प्रवाह कमजोर देखिएको तथ्याङ्कले पुष्टि गरेको छ । जाजरकोट–डोल्पा सडकखण्डमा पर्ने नलगाड नगरपालिका दोस्रो आएर अघिल्लो वर्षको भन्दा सेवा प्रवाह राम्रो भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

आशा जाग्दै सुरक्षित सुत्केरी हुने दर

ज्यान जोखिममा राखेर घरमै सुत्केरी हुने यहाँका महिला अहिले सुरक्षितरूपमा स्वास्थ्य संस्था आएर सुरक्षित सुत्केरी हुने दर बढेको छ । बढ्दो जनचेतनाका साथै गाउँगाउँमा स्वास्थ्य संस्था स्थापना भएपछि सुरक्षित सुत्केरी हुनेको दर बढेको हो । स्थानीय सरकारको पहलकदमीले घरमै सुत्केरी हुने क्रम रोकिएको स्वयंसेविका बताउँछन् । घरमै सुत्केरी हुँदा समस्या आउनेबित्तिकै धामी, झाँक्रीको सहारा लिने स्थानीयवासी अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा जाने गरेको बारेकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले जानकारी दिनुभयो ।

जिल्लाका सबै पालिकाको सबै वडामा स्वास्थ्य संस्था स्थापना हुँदा धामी, झाँक्रीमाथिको निर्भरता ह्वात्तै घटेको हो । स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी भए यातायात खर्चका साथै न्यानो झोला, स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराउन थालेपछि झन् महत्व बढेको हो ।

नियमित गर्भजाँच गर्नेको सङ्ख्यासमेत बढेको छ । सुत्केरी हुँदा डोकोमा बोकेर सदरमुकामस्थित अस्पतालमा ल्याउनुपर्ने बाध्यतासमेत घटेको सर्वसाधारणले बताएका छन् । गाउँघरमै स्वास्थ्य संस्था हुँदा सेवा लिन सजिलो मात्र भएको छैन, आफ्नोपनका साथै खर्चसमेत कम भएको सर्वसाधारण बताउँछन् । गाउँका स्वास्थ्य संस्थामा उपचार सम्भव नभएर यातायातका साधनमार्फत सजिलै सदरमुकाम ल्याउने काम शुरु भएको छ ।

नलगाड, छेडागाड र शिवालय गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर सेवा प्रवाह गरिरहेका छन् । अधिकांश गाउँमा कच्ची सडकको ट्र्याक खुलेसँगै स्वास्थ्य सेवा पाउन सहजता आएको नलगाड नगरपालिका–१२ का मोहन बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार बालबालिकाले नियमित खोप औषधिसमेत पाएका छन् ।

यस्तो छ सुत्केरी दर

जाजरकोटमा आर्थिक वर्ष २०७६/७७ मा ५६.१ प्रतिशत महिला सुरक्षितरूपमा सुत्केरी भएको तथ्याङ्क सार्वजनिक भएको छ । सबैभन्दा बढी बारेकोट ९९.३, कुशे ६६.३, जुनिचाँदे ३१, छेडागाड ५०.४, शिवालय ७.७, नलगाड ६६.७, भेरी ५०.१ प्रतिशत अङ्क ल्याएका छन् ।

स्वास्थ्य विभागले गरेको लक्ष्य नजिक बारेकोट गाउँपालिका पुगेको स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्क फोकल व्यक्ति टेकबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य विभागले चार हजार ६६  महिलाले सुरक्षित सुत्केरी स्वास्थ्य संस्थामा आएर हुने लक्ष्य राखे पनि दुई हजार २८१ महिलाले मात्र स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी भएको तथ्याङ्क सार्वजानिक भएको छ ।

बारेकोट गाउँपालिकामा ४२८ लक्ष्यमा ४२५, कुशे गाउँपालिकामा ४८३ लक्ष्यमा ३२०, जुनिचाँदे गाउँपलिकामा ५०४ लक्ष्यमा १५६, छेडागाड नगरपालिकामा ८२८ लक्ष्यमा ४५२, शिवालय गाउँपालिकामा ३६३ लक्ष्यमा २८, नलगाड गाउँपालिकामा ६०६ लक्ष्यमा ४०७, भेरी नगरपालिकामा ८५४ लक्ष्यमा ४९३ जना मात्र सुरक्षित सुत्केरी भएको तथ्याङ्कमा उल्लेख छ । 

आव २०७५/७६ मा ४६.९ प्रतिशत महिला सुरक्षित सुत्केरी भएका थिए । बारेकोट ८१.१, कुशे ५५.६, जुनिचाँदे २०.८, छेडागाड ४७.८, शिवालय ५.८, नलगाड ५४.८, भेरी ५१.२ प्रतिशतले सुरक्षित सुत्केरी सेवा लिएका थिए । अघिल्लो वर्षभन्दा ९.२ प्रतिशतले सुरक्षित सुत्केरीदर बढेको छ । शिवालय गाउँपलिका र छेडागाड नगरपालिका सुर्खेतको सिमानामा जोडिएका स्थानीय तह हुन् । सडक सञ्जालसँगसमेत जोडिएका छन् । जुनिचाँदे गाउँपालिका प्रशासकीय केन्द्र लुहदहसम्म मुस्किलले यातायातका साधन हिउँदयाममा चल्ने गर्दछन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु